अष्टमी गुरुङ प्रकरण : आरोपित काजी निर्दोष रहेको अबुधावी अदालतको फैसला

युएईमा आत्महत्या गरेकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको हत्या भएको भन्दै भिडियो बाहिरिए पछि आरोपी मानिएका अष्टमीको कम्पनीमा कार्यरत बंगलादेशी नागरिकलाई यहाँको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरुङ्गले गत नोभेम्बर ४ मा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन । गुरुङको शव नेपाल लगेर अन्तिम संस्कार सकिए पश्चात उनले […]

बिस्तृत समाचार »

दक्षिण कोरिया पठाइदिन्छु भनेर ठगी गर्ने पुगे प्रहरीको खोरमा

रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। दुईजनाबाट लाखौं ठग्ने झापाको बाहुनडाँगीका डम्बरबहादुर बस्नेत र ललितपुरकी रीता गुरुङ डाँगीलाई पक्राउ गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ। उनीहरुले मोरङ विराटनगर महानगरपालिका ११ की लक्ष्मी राई र स्याङ्जा नगरपाहिलका २ की राधा न्यौपानेलाई कोरियामा कृषिमा रोजगारी मिलाइदिन्छु भन्दै ठगेका थिए। दुईजनाबाट […]

बिस्तृत समाचार »

विदेशमै ‘कोमा’मा रहेका कामदारको निःशुल्क उपचार

वैदेशिक रोजगारीका सिलसिलामा गम्भीर बिरामी (कोमा) भएका नेपालीको स्वदेशमै निःशुल्क उपचार हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका वेला गलत स्वास्थ्य परीक्षणका कारण गम्भीर रोग लागि अचेत अवस्थामा रहेका नेपाली कामदारको सरकारले निःशुल्क उपचार गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा गृहकार्य सुरु गरिसकेको जनाएको छ । विदेशी भूमिमा कोमामा रहेका नेपाली कामदारलाई स्वदेश फिर्ता […]

बिस्तृत समाचार »

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीसँग लिइने अतिरिक्त शुल्क खारेज

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ ।मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ ।तर, […]

बिस्तृत समाचार »

युगान्डामा एक नेपाली युवाद्वारा आत्महत्या

कम्पला, (युगान्डा): अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् । गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।

बिस्तृत समाचार »

इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेढ वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण सुवन शहरमा आयोजना गरिएको सरोकारवाला बीचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको राष्ट्रिय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्वाधार निर्माणको काम पनि […]

बिस्तृत समाचार »

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट कहिले हट्ला ?

खाडी तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपाल र माइग्राम्सको सिन्डिकेट – नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य खाडी तथा मलेसिया जाने कामदार स्वास्थ्य परीक्षण गर्न गाम्का नेपाल र माइग्राम्सको सिन्डिकेटको मारमा पर्दै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, मलेसिया […]

बिस्तृत समाचार »

वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको धरौटी तीन करोड बनाउने तयारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको धरौटी रकम तीन करोड रुपैयाँ बनाउने तयारी गरेको छ । मन्त्रालयनिकट स्रोतका अनुसार १ करोड नगद र २ करोड वैंक ग्यारेन्टी गरी ३ करोड धरौटी पु¥याउने तयारी गरिएको हो ।हाल कायम रहेको ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी गरी ३० […]

बिस्तृत समाचार »

सुनसरी सृजनशिल समूह कतारद्वारा छात्रवृति सहित शैक्षिक सामाग्री वितरण

इनरुवा । श्रमकालागि विदेश पलायन भएकाहरू अधिकांशको पहिलो प्राथमिकता भनेको धन आर्जन गर्नु नै हो । चर्को घाम र दिनरात नभनी श्रमकालागि पसिना बगाउनेहरू मध्ये केही त्यस्ता उदाहरण पनि छन् जसले विदेशमा कमाएको रकम संचित गरि आफ्नो देशका बालबालिकाको शिक्षादीक्षामा खर्चिरहेका छन् । सुनसरी सृजनशिल नेपाल वैदेशिक रोजगारीकालागि कतार भासिएका नेपाली युवाहरूको समूह हो । […]

बिस्तृत समाचार »

रोकिएन कोरियामा हुण्डी कारोबार,

दक्षिण कोरियामा रेमिट्यान्स कम्पनी बढेपनि अवैधानिक हुण्डी कारोबार भने रोकिएको छैन् । सरकारले रेमिट्यान्स कारोबार गर्न कम्पनीलाई अनुमति दिएपछि कारोबारमा प्रतिश्पर्धा समेत भइरहेको छ । जसले रेमिट कम्पनीले कम शुल्क र सर्वसुलभ तवरले रेमिट्यान्स सेवा पनि दिइरहेको अवस्था छ । यद्यपी अवैधानिक च्यानल हुण्डीमा रोकिएको छै्रन भने यसबाट ठगिने क्रम यथावत रहेको छ । विस्वासमा […]

बिस्तृत समाचार »