रिमा पनि डिभोर्स गर्ने नायिका

आफ्नो पतिसँग डिभोर्स गर्ने नायिकाको सूची लामो छ । सूचीमा थपिएकी छिन् रिमा विश्वकर्मा । दुई वर्षअघि रिमाले भव्य समारोहका बीच बेलायतनिवासी रोबर्ट विश्वकर्मासँग काठमाडौंको हायात होटेलमा बिहे गरेकी थिइन् । बिहेपछि रिमा नेपालमै र रोबर्ट बेलायतमा बस्दै आएका थिए । सम्भवतः टाढा बसेकाले होला दुईबीच आत्मीयता गाढा हुनै पाएन । त्यसैले उनीहरूको सम्बन्ध डिभोर्समा […]

बिस्तृत समाचार »

न्यु फेसमा गायिका, तृतीया गुरुङ

तृतिया गुरुङ नवगायिका हुन् । विगत तीन वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा नयाँ आवाज लिएर उदाएकी छिन् । पद्मकन्या क्याम्पसमा बी म्युजिक तेस्रो वर्षमा अध्ययनरत गुरुङ साधना कलाकेन्द्रमा संगीत सिकिरहेको बताउँछिन् । धरानकी तृतीया गुरुङ सानैदेखि गीत–संगीतप्रतिको मोहले म्युजिक क्षेत्रमा लागेको बताउँछिन् ।युट्युबमा दुईवटा गीत र एउटा म्युजिक भिडियो सार्वजानिक गरेपछि राम्रो प्रतिक्रिया पाएपछि झनै हौसिएको […]

बिस्तृत समाचार »

अभिनयबाहेक केही छैन : स्वस्तिमा खड्का, अभिनेत्री

आर्टिटेक्चर इन्जिनियरिङ पढ्दै गर्दा फिल्म क्षेत्रमा प्रवेश भयो । मलाई त्यतिवेला आर्टिटेक्चर नै बन्छु भन्ने लागेको थियो । तर, जब अभिनय सुरु गरेँ, त्यसपछि यही क्षेत्रमै फोकस्ड छु । ठोस योजना बनाएर पनि अघि बढेको होइन । तर, अहिले मेरो दिमागमा अभिनयबाहेक अरू केही छैन । यस क्षेत्रमा लागेको ३ वर्षजति भयो । छोटो समयमा जे– जति उपलब्धि हात पारेको छु । […]

बिस्तृत समाचार »

सलमानको ‘भारत’मा प्रियंकालाई टक्कर दिने यी अभिनेत्री

बलिउडमा टाइगर, सुल्तान अनि दबंगको छवी बनाइसकेका अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘रेस ३’ मा व्यस्त छन् । यही व्यस्तताकाबीच सलमानले अर्को फिल्म ‘भारत’ को छायांकनको काम पनि सुरु गरिसकेका छन् ।यस चलचित्रमा अभिनेत्री प्रियंका चोपडा सलमानको जोडी हुनेछिन् । प्रियंकाका अलावा फिल्ममा दिशा पटानी पनि हुनेछिन् । यस अघिका खबर अनुसार फिल्म ‘भारत’ […]

बिस्तृत समाचार »

डमरुको डन्डीबियो र भोर रिलिज

काठमाडौं : शुक्रबारबाट फरक प्रकृतिका दुई नेपाली चलचित्र दर्शकमाझ आएका छन् । पूर्वराष्ट्रिय खेल डन्डीबियोको कथासँग जोडिएको ‘डमरुको डन्डीबियो र तराई–मधेसको जाइजो प्रथाविरुद्धको ‘भोर’ प्रदर्शनमा आएका हुन् । चलचित्र डमरुको डन्डीबियोमा अभिनेताद्वय अनुप बराल र खगेन्द्र लामिछाने बाबुछोराको भूमिकामा देखिएका छन् । दर्शकमाझ ‘टुल्के’ र ‘पशुपतिप्रसाद’ नामले परिचित खगेन्द्रको यो चलचित्र फरक धारको चलचित्र हो […]

बिस्तृत समाचार »

सलमान र ज्याकलिनको पोल डान्स हिट

सलमान खान अभिनीत ‘रेस–३’ फिल्मको ट्रेलर अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गरिएको ट्रेलर र हिरिये बोलको गीतले पनि अहिले दर्शकको मन जितिरहेको छ ।हिरिये बोलको सो गीतमा सलमान र ज्याक्लिन जमेर नाचेका छन् । सो गीतमा ज्याकलिनले गरेको पोल डान्सले अहिले तारिफ पाइरहेको छ । ज्याकलिनको त्यो पोल डान्स सुटिङकै क्रममा चर्चामा थियो । मित ब्रदर्स, डिप मनी […]

बिस्तृत समाचार »

उमेर लगभग पचपन, पहिरनमा भने बचपन !

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ। उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको। जथाभावी बोलेर स्थानीय चुनावका […]

बिस्तृत समाचार »

प्रियंका चाेपडा माया गर्ने पुरूषकाे खाेजीमा

काठमाडौं /बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ। उमेर बढ्दै जाँदा प्रियंकाको परिवारले अब विवाह गरिदिएहुन्थ्यो भन्ने चाहना गरेका छन्। तर, उनले भने विवाह गर्न तयार भएको तर भनेजस्तो पुरुष नपाएको भन्दै कुरा पन्छाउँदै आएकी छन्।हालै एक प्रसंगमा प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा खुलाएको खबर आज प्रकाशित साप्ताहिकले छापेको […]

बिस्तृत समाचार »

बक्सअफिस विवाद: हलवालासामु निरिह निर्माता

शेयर बाँडफाड र बक्सअफिसको मुद्दालाई लिएर जेठ १ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेको चलचित्र निर्माता संघ अन्तिम समयमा पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको वार्तामार्फत् चलचित्र संघ (हल व्यवसायी र वितरकहरुको संगठन)सँग १७ बुँदे सम्झौता गर्दै निर्माता संघले आन्दोलन फिर्ता गर्यो । निर्माता संघले आन्दोलनको चेतावनी दिएर निकालेको विज्ञप्तिमा सेयर बाँडफाँड र बक्सअफिस […]

बिस्तृत समाचार »

‘तिम्ले बाटो फेर्‍यौ अरे’ को करोड भन्दा बढी भ्युज

काठमाडौं– ’तिम्ले बाटो र्फेयौ अरे’ गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेसन कार्यक्रमको आयोजना गरेको छ । राई इज–किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका छन् ।सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको टीमले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका हुन् । गीतले करोड भन्दा बढी भ्युज पाएर पनि आङ्खनो […]

बिस्तृत समाचार »

सेलेब्रिटी हेयर स्टाइल र लुक

काठमाडौँ — सेलेब्रिटीहरू प्राय: आफ्नो हेयर स्टाइल र लुक परिवर्तन गरिरहन्छन् । केहीले दिनहुँजसो परिवर्तन गर्छन् भने केहीले वर्षदिनमा एक पटक नाटकीय रूपमा हेयर स्टाइल बदल्छन् ।अमेरिकी गायिका लेडी गागा चाहिँ हरेक वर्ष प्राय: आफ्नो बर्थ डेको अवसर पारेर हेयर स्टाइल बदल्छिन् । भनिन्छ, गागाले ट्राई नगरेको हेअर स्टायल र हेअर कट नै छैन । गत वर्ष गागाले ‘मिलियन […]

बिस्तृत समाचार »

‘राजी’का कारण आलिया भट्टको चर्चा

आलिया भट्ट अहिले प्रदर्शन भइरहेको फिल्म ‘राजी’का कारण चर्चामा छिन् । अभिनय मात्र नभएर कमाइका कारण पनि उनी चर्चामा छिन् । मेघना गुलजार निर्देशित फिल्म ‘राजी’ले ५ दिनमा ५० करोडभन्दा माथिको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । लगभग ३५ करोड लागतमा बनेको फिल्ममा बिक्की कौशल, रजित कपुरलगायत कलाकारले अभिनय गरेका छन् । ‘राजी’ साहित्यकार […]

बिस्तृत समाचार »

काम छनोटको मामलामा म स्कुले छात्राजस्तै : ऐश्वर्या

बलिउड सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले काम छनोटको मामलामा आफू स्कुले छात्राजस्तै भएको बताएकी छिन् । ‘मलाई लाग्छ कि मभित्र अझ धेरै अनुभव गर्ने उत्साह हुन आवश्यक छ । कामका मामलामा धेरै हदसम्म स्कुले छात्राजस्तै थिएँ,’ कान्स भिडियो कन्फ्रेन्समा बोल्दै उनले भनेकी छिन्, ‘म निर्धारित कार्यक्रमअनुसार कुशलतापूर्वक काम गर्थें । त्यसैले पनि मैले केही राम्रा […]

बिस्तृत समाचार »

नेपालकै टप २४ मोडल एकसाथ र्‍याम्पमा उत्रिने

नेपालकै टप २४ मोडल एकसाथ र्‍याम्पमा उत्रिने भएका छन् । टप तथा व्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्कालगायत मोडल एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका हुन् ।आउँदो जेठ ११ गते काठमाडौंमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’मा उनीहरू एकसाथ र्‍याम्पमा उत्रिन लागेका हुन् । नेपालमै पहिलोपटक १ सय […]

बिस्तृत समाचार »

१८ बर्षीया सोनी मोडलिङमा भबिष्य खोज्दै

झापाको गोलधाप–४ हल्दिबारीकी १८ बर्षीया सोनी भुजेल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् ।मिस राजधानीको टप पाँचभित्र परेकी सोनी यतिबेला मोडलिङमा सक्रिय छिन् । फेशन शोलगायतमा उनी व्यस्त रहेकी छिन् । पाँच फिट पाँच इन्च अग्ली सोनु नृत्यमा विशेष रुची राख्छिन् । मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तित्व […]

बिस्तृत समाचार »