दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा गठन ! को को छन् त हाइकमान्डमा?

काठमाडौं– पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् । यसअघि पार्टी एकता संयोजन समितिको बैठकले निर्क्योल गरेअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण पछि बन्ने नेकपामा ९ सदस्यीय सचिवालय गठन गरिएको छ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट तीन जना रहनेछन् । एकीकृत […]

Continue Reading

केहीबेरमै एमाले–माओवादी केन्द्रबीच संयुक्त वैठक बस्दै

केहीबेरमै एमाले–माओवादी केन्द्रबीच संयुक्त वैठक बस्दैछ । संयुक्त बैठकका लागि प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवासमा वस्ने संयुक्त वैठकमा दुबै पार्टीका नेताहरु सहभागी छन् । संयुक्त वैठक सकिएपछि निर्वाचन आयोगमा गइ पार्टी दर्ता गर्ने तयारी छ । पार्टी दर्तापछि ‘नेपाल कम्युनिस्ट पार्टी’ले राष्ट्रिय सभा गृहमा औपचारिक रुपमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गर्नेछन् […]

Continue Reading

पार्टी विघटन गर्न एमाले र माओवादी छुट्टाछुट्टै बैठकमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्दूीय समिति बैठक बसेको छ ।एमालेको बैठक बालुवाटारमा र माओवादी […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा

दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । एकीकरणपछि बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन अहिले दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास […]

Continue Reading

यस्तो छ एमाले–माओवादी एकता घोषणा कार्यक्रमको सेड्युल !

आज एमाले– माओवादीबीच पार्टी एकताको घोषणा हुने भएको छ । अहिले एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकले एकताको प्रतिवेदन अनुमोदन गर्छ र पार्टी एकताको निर्णय गर्ने जनाइएको छ । यस्तो छ अन्य प्रक्रियाः -११ बजेबाट एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्ने -१ बजेबाट माओवादी सचिवालयको बैठक खुमलटारमा बस्ने -दुवै पार्टीको […]

Continue Reading

प्रचण्डको खुलासा: मेरै प्रस्तावमा मदन-आश्रीत स्मृतिमा एकता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन –आश्रीत स्मृतिमा एमाले–माओवादी एकताको प्रस्ताव स्वयं आफैँले गरेको खुलासा गरेका छन् । २५ औं मदन–आश्रीत स्मृति सभालाई विहिबार बल्खुमा सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले भने ‘आजको दिन ऐतिहासिक दिन हो,त्यसैले एकता गर्न ढिला गर्न हुन्न भनेर मैले आजकै दिनलाई एकताको दिन बनाउन प्रस्ताव गरेको […]

Continue Reading

कम्युनिष्टले अब फुट्न बिर्सिए: प्रधानमन्त्री ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरुले अब फुट्न बिर्सिएको बताएका छन् । २५ औं मदन–आश्रीत स्मृति सभालाई बिहीबार बल्खुमा सम्बोधन गर्दै ओलीले कम्युनिष्टहरुले अब जुट्न मात्र जानेको बताएका हुन् । ‘एमाले –माओवादी एकताले नेपालको राजनीति, समाजनीति, नेपालको वर्तमान भविष्य, अर्थतन्त्र र संस्कृतिलाई अनेक कोणबाट असर पार्छ ’,यो एकता असाधारण र दुरगामी महत्वको भएको उनको दावी […]

Continue Reading

कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र : ओली

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी […]

Continue Reading

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने नियमावली ल्याउन लागेको भन्दै संसद् अवरोध गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी कांग्रेसले ‘संसद्को कार्यसञ्चालन नियमावली’ पारित गर्दा समितिमा भएको सहमतिविपरीत सत्तापक्ष अघि बढे संसद् अवरुद्ध गर्ने भएको छ । नियमावली मस्यौदा समितिमा भएको सहमतिलाई उल्ट्याउन प्रमुख सत्तापक्ष एमाले लागेको भन्दै त्यस्तो हुन नदिने कांग्रेसले जनाएको छ ।कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सञ्चालन नियमावली संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिबाट निर्माण गर्नुपर्ने […]

Continue Reading

मदनको २५ औं स्मृति दिवश : यस्ता थिए भण्डारी

ईश्वर पोखरेल ठ्याक्कै दिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागिसकेको हुनुपर्छ । मध्यवर्षात्मा हराभरा बनेका खेतबारी र वन–बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णता थियो । म भने कहिल्यै नगएका–नपुगेका बस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ । सो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई को–अर्डिनेसन केन्द्र […]

Continue Reading

आज ऐतिहासिक कम्युनिस्ट एकता : एकतापछि बन्ने नयाँ पार्टी ५२.३७% जनमत प्राप्त इतिहासकै ठूलो दल

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान दुई घन्टाको छलफलपछि एकताको अन्तिम टुंगो लागेको थियो । सबै विषय टुंगिएपछि ओली र प्रचण्डले एकताको प्राविधिक काममा सक्रिय विष्णु पौडेल र जनार्दन शर्मालाई दायाँ–बायाँ राखेर फोटो खिचाए । ओलीको रुचिमा एकताको सन्देशसहित पत्रकारहरूलाई बोलाएर फोटो सेसन गराइएको थियो ।दुई ठूला वाम दल एमाले र माओवादी […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता नहुने !

नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन अयोगमा दर्ता नहुने भएको छ । विधिवत रुपमा यसअघि नै आयोगमा दर्ता भएका पार्टी पुनः त्यही नाम र चुनाव चिन्हमा दर्ता हुन नसक्ने निर्वाचन आयोगका सहप्रवक्ता उपसचिव मुकुन्द शर्माले जानकारी दिए । एमाले–माओवादी एकताः चुनाव चिन्ह सूर्य, सिद्धान्त ‘जनताको जनवाद’ उनले एउटै नाम र चुनाव चिन्ह भएका एक भन्दा बढी पार्टी […]

Continue Reading

भोलि बालुवाटारमा हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौंः ओली

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चुनावमा गरिएको प्रतिबद्धता अनुसार छिट्टै माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् । युवा संघ नेपालको २८औं स्थापना दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधनत गर्दै उनले भने,’दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ […]

Continue Reading

प्रदेश २ का मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

काठमाडाैं– भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्। स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरू र प्रदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइएको थिएन । […]

Continue Reading