औचित्यका आधारमा संविधान संशोधन : ओली

काठमाडौं, जेठ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन अनुकूल भूमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संशोधन गरिने बताउनुभयो । पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको पहिलो एकिकृत बैठकमा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संशोधन हुने बताउनुभएको हो । उहाँले राष्ट्र विकासको साझा संकल्प […]

बिस्तृत समाचार »

उभौली साकेला शिली प्रदर्शनी

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सबै नेपाली विकासको बाटोमा अगाडी बढ्नु पर्ने बताएका छन् ।किरात राई यायोक्खा सुनसरीले आज शनिबार धरान –१७ स्थित साकेला पार्कमा आयोजना गरेको उभौली साकेला शिली प्रदर्शनी कार्यक्रम–२०७५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांस्कृतिक विविधताको जगमा उभिएको हाम्रो नेपाली समाजलाई अब एक ढिक्का भएर आर्थिक समृद्धिको लागि […]

बिस्तृत समाचार »

मेलम्ची पानी ट्यांकी प्रशोधन केन्द्र

काठमाडौँकाे सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा पहिलो चरण अन्तर्गत दोस्रो प्रशोधन ट्याङ निर्माणकार्य भइरहेको छ । दोस्रो ट्याङ निर्माण अबको ८ महिनाभित्र सम्पन्न भइसक्ने इन्जिनियर बर्मराज भण्डारीले जानकारी दिए । पहिलो चरणको साढे ८ करोड लिटर क्षमताको पहिलो ट्याङ निर्माण सम्पत्र भएर परीक्षणसमेत भइसकेको छ । पहिलो प्रशोधन ट्याङको निमार्ण जाइका संस्थाको ऋण […]

बिस्तृत समाचार »

ओलाङचुङगोला र संखुवासभाको किमाथांकामा अझै पुगेन सडक

ओलाङचुङगोला नाका ट्र्याक पु-याउन ९ किमि बाँकी नेपाल हुँदै भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो विराटनगर–ओलाङचुङगोला मार्गको ट्र्याक खोल्न नौ किमि मात्रै बाँकी छ । २८० किमि लामो सडकको ट्र्याक अब अढाइ वर्षमा खोलिसक्ने लक्ष्य छ ।सरकारले ताप्लेजुङ सदरमुकामबाट उत्तर ४६ किमि ट्र्याक खोलिसकेको छ । ओलाङचुङगोलाका स्थानीय आफैँले चीनसँगको नाका टिप्ताला भञ्ज्याङबाट २१ किमि सडक […]

बिस्तृत समाचार »

सम्पत्तिका मालिक भएपछि महिला खुसी

सम्पत्तिको मालिक हुन पाएपछि जिल्लाका महिला निकै खुसी भएका छन् । भूमिमाथि महिलाको अधिकार सुनिश्चित गर्न सरकारले श्रीमान्–श्रीमतीको संयुक्त लालपुर्जालाई प्रोत्साहन गरेपछि महिला खुसी भएका हुन् । सम्पत्ति जोड्नका लागि महिलाको ठूलो भूमिका रहे पनि बेचबिखन र धितो राख्न पाउने अधिकारबाट वञ्चित हुँदै आएका थिए । संयुक्त लालपुर्जाले दुवैलाई समान हैसियत प्रदान गरेको छ । […]

बिस्तृत समाचार »

१० वर्षमा नेपाललाई स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन्। नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई […]

बिस्तृत समाचार »

आधारभूत सेवा पाउन घण्टौँ पैदल

खुट्टी(सिरहा)- धनगढीमाई नगरापालिका– १४ खुट्टीकी सबिता मगर(१८) ले पहिलो सन्तानलाई घरमै जन्म दिँदै थिईन। उनले पहिलो सन्तान छोरी जन्माईन। तर, साथी(साल) अड्कीयो। जसका लागि उनलाई अस्पताल नपुगी भएन। बाटो समस्याले घरसम्म एम्बुलेन्स नआउने भएपछि नवजात शिशु काखी च्यापेर उनी १ घण्टा पैदल हिडेपछि एम्बुलेन्स चढेर जिरोमाईल स्थित अस्पताल आइपुगीन। केही घण्टापछि अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्स […]

बिस्तृत समाचार »

प्रहरीमा व्यापक सरुवा बढुवा, हवल्दारदेखि डीआईजीसम्म !

काठमाडौं : प्रहरी प्रधान कार्यालयले बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ। शुक्रबार राति एसएसपीबाट डीआईजीमा बढुवा भएका १६ जना र प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा भएका २२ जनाको पदस्थापन गरेको हो। प्रहरी मुख्यालयले शुक्रबारै पाँच जना डीआईजी र ११ जना एसएसपीको सरुवा गरेको छ। प्रदेश प्रहरी […]

बिस्तृत समाचार »

विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

हुम्ला / यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ । जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उहाँले जानकारी दिनुभयो । सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ […]

बिस्तृत समाचार »

पत्रकार पुर्णिमा श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले पहिलो पटक सर्वोेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शनिबार बिहान सफल आरोहण गरेकी हुन् । उनले विहान ८ बजेर १० मिनेटमा सगरमाथाकाे चुचुराे चुमेकी थिइन् ।आरोहण सँगै श्रेष्ठ सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन् । सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो […]

बिस्तृत समाचार »

नेपालका लागि मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक

अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यका रूपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यतासम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसँगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरू सञ्चालनका लागि अन्य वित्तीय संस्थाहरूले पनि सिद्धार्थ बैंकसंग आबद्ध भएर […]

बिस्तृत समाचार »

टेलिकम डुवाउने कामिनीलार्इ हटाउन सरकार खुट्टा कमाउँदैछ ?

नेपाल टेलिकमलार्इ गुणस्तरीय बनाउन भनेर अाएकी प्रबन्धनिर्देशक कामिनी राजभण्डारीले भएकाे सेवालार्इ समेत ध्वस्त पारिन् । अप्टिकल फार्इबर ठेक्कामा अरबाैंकाे चलखेल गरेर अकूल कमाउने लालसा बाेकेकी कामिनीका कारण सरकार नै अलाेकप्रिय भएपछि अाेली सरकारले राजभण्डारीलाई हटाउने निर्णय गर्ने तयारी गरेकाे थियाे ।त्यसका लागि सरकारले कामिनीसँग २०७५ बैशाख २४ मा ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरी हटाउने […]

बिस्तृत समाचार »

तीन बालिकालाई अपहरणपछि करणी गरी हत्या अभियुक्तलाई सर्वस्वसहित ५२ वर्ष कैद फैसला

जिल्ला अदालत गौरले एकजना अभियुक्तलाई सर्वस्व सहित ५२ वर्ष कैद फैसला सुनाएको छ । प्रितम साहको जाहेरीमा नेपाल सरकार बादी रहेको एक मुद्धाका अभियुक्तलाई जिल्ला अदालत गौरले सो फैसला सुनाएको हो ।२०७३ भदौ ८ गते बालिका अपहरणपछि हत्या आरोपमा पक्राउ परेका बालकिशोर चौरसियालाई जिल्ला अदालत गौरका न्यायाधीश प्रकाश श्रेष्ठको इजालसले सर्वस्व सहित ५२ बर्ष कैद […]

बिस्तृत समाचार »

राजनैतिक संक्रमण सकियो तर कर्मचारीको संक्रमण सकिएन : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले तीन तहको चुनाव सँगै राजनैतिक संक्रमण सकिएको तर कर्मचारीको संक्रमण नसकिएको बताएका छन् । उनले शनिबार जिल्ला समन्वयको सभाकक्षमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उप—प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतसंगको भेटघाट कार्यक्रममा उक्त धारणा राखेका हुन् ।पण्डितले तीन तहलाई अधिकार दिइएकाले सबै सरकारले एक अर्काबाट स्वतन्त्र रहेर काम […]

बिस्तृत समाचार »

पूर्व डिआईजी सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी

काठमाडौं/ सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ ।महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो । काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, अहिलेसम्म […]

बिस्तृत समाचार »