रसिया विश्वकप–२०१८ शुरु हुन मात्र ३ दिन बाँकी ! कसले मार्ला बाजी ?

रसिया विश्वकप–२०१८ शुरु हुन अब ३ दिन मात्रै बाँकी छ । नेपालमा पनि विश्वकपको उत्साह देखिएको छ । उपत्यकाका धेरै कपडा पसलहरु पनि जर्सी किनबेच भ्याइनभ्याइ नै छ । विश्वकप फुटबल बच्चा देखि वृद्ध सम्मको चासोको विषय बनेको छ । जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकप फु्टबलमा कूल ३२ टोलीले भिडन्त गर्दैछन् । […]

बिस्तृत समाचार »

सिंगापुर गोर्खालाई सुरक्षाको चटारो !

काठमाडौँ — दोस्रो विश्वयुद्धअघि जापानको कब्जामा रहँदासम्म रगतले लत्पतिएको र सामुद्रिक डाकुको अखडा बनेको सिंगापुरको सन्तोसा टापुले यतिखेर विश्वको ध्यान तानेको छ । जापानीको कब्जामा रहँदा ‘सोयोनेन’ अर्थात् ‘दक्षिणमा उज्यालो’ नामले परिचित टापु अहिले विश्व शान्तिको आस जगाउने केन्द्रका रूपमा परिचित हुँदै छ । सन् १९७० मा सिंगापुर सरकारले यसलाई ‘सन्तोसा’ नाम दिएको हो, जसको अर्थ हुन्छ […]

बिस्तृत समाचार »

ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन सिंगापुरमा

उत्तर कोरियाली नेता किम जोङ्ग उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि सिंगापुर पुगेका छन् । दुई नेताबीच आगामी मंगलबार सेन्टोसाको एक रिसोर्टमा ऐतिहासिक भेटवार्ता हुने तय भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि आजै सिंगापुर जाँदैछन् । ट्रम्पले यो भेटवार्ता शान्ति र स्थायीत्वका लागि हुन लागेको बताएको बीबीसीले जनाएको छ । शिखर सम्मेलनपछि उत्तर […]

बिस्तृत समाचार »

होटल क्यापेलामा ट्रम्प-किम एेतिहासिक भेटवार्ता हुने

वासिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीचकाे एेतिहासिक भेटवार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा हुने निश्चित भएकाे छ । उनीहरूबीच १२ जुन बिहान ९ बजे भेटवार्ता हुने भएकाे छ। उनीहरूबीचकाे भेटलार्इ उच्च प्राथमिकतामा राखी सिंगापुर सरकारले भेटवार्ता हुने स्थानकाे सुरक्षा व्यवस्था कडा बनाएको छ। सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने […]

बिस्तृत समाचार »

५ महिना अघि हराएकाे मुख्यमन्त्रीकाे घाेडा फेसबुकले फेलापार्याे

५ महिनाअघि हराएको मुख्यमन्त्रीको घोडा फेसबुकको माध्यमबाट फेला परेको छ । घटना भारतको हो । पञ्जाबका मुख्यमन्त्री हरचरण सिंह बराडको झण्डै १० लाख भारु मूल्य पर्ने घोडा ५ महिना अघि हराएको थियो । मुख्यमन्त्रीकी बुहारीको घोडा फार्ममा उक्त घोडा राखिएको थियो । तर त्यहाँबाटै अचानक उक्त घोडा हरायो । तर एकदिन मुख्यमन्त्रीका छोरा तेगवीर सिंहले […]

बिस्तृत समाचार »

राष्ट्रपतिले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा युवतीलाई चुम्बन गरेपछि…

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा एक युवतीलाई चुम्बन गरेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते विवादमा तानिएका छन् । बारम्बार अशोभनीय हर्कत देखाउने दुतेर्तेले दक्षिण कोरियामा काम गर्ने फिलिपिनी महिला कामदारलाई चुम्बन गरेपछि आलोचित भएका हुन् ।राष्ट्रपतिले चुम्बन गरेपछि तत्कालै कार्यक्रममा सहभागी फिलिपिनी कामदारले ताली बजाए पनि त्यसको फिलिपिन्सका अधिकारवादीहरूले विरोध गरेका छन् । राष्ट्रपतिलाई चुम्बन दिने दुवै महिला विवाहित […]

बिस्तृत समाचार »

अमेरिकी कमाण्डो र रुसी सैनिकबीच घमासान लडाई

सिरियामा फेबु्रअरी महिलामा करिब ४ घन्टासम्मा अमेरिकी सेना र रुसी सेनाबीच भीषण लडाइ भएको थियो । यसमा सिरियाली सरकार समर्थित ५ सय सुरक्षा बलको पनि संलग्नता थियो । यो लडाइको समयमा तोपद्वारा प्रहार गरिएको तीब्रगतीको गोलीका कारण अमेरिकी सेनालाई ज्यान जोगाउन हम्मे हम्मे परेको थियो । यसले अमेरिका र रुसबीचको तनाव उत्कर्षमै पुगेका बताइएको छ […]

बिस्तृत समाचार »

निःशस्त्र हुन उत्तर कोरियालाई १० वर्ष लाग्ने

आणविक हतियार त्याग्ने कूटनीतिक सम्झौता कार्यान्वयन गर्न उत्तर कोरियालाई १० वर्ष लाग्ने एक नयाँ विश्लेषणले देखाएको छ । उत्तर कोरियाले निशस्त्रीकरणप्रति प्रतिबद्धता देखाइरहेका वेला अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीका विज्ञहरूले सो विश्लेषण सार्वजनिक गरेका हुन् । उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित शिखर वार्ताको पूर्वसन्ध्यामा विज्ञहरूको विश्लेषण आएको हो । उत्तर कोरियाको आणविक भट्टीहरूको निरीक्षण […]

बिस्तृत समाचार »

मजबुत चीन–रुस सम्बन्धको खाँचो

पश्चिमा देशबाट थप रणनीतिक दबाब आउन सक्ने सम्भावनाबीच बेइजिङ र मस्कोले रणनीतिक साझेदारीमा जोड दिनु अपरिहार्य छ चिनियाँ उपराष्ट्रपति वाङ क्विसान पदभार ग्रहणपछि पहिलो उच्चस्तरीय विदेश भ्रमणस्वरूप रुस पुगेका छन् । उनको भ्रमणले चीनले रुसलाई आफ्नो विदेश नीतिको प्राथमिकतामा राखेको सन्देश दिएको छ । उनले रुसमा आयोजित २२औँ अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपिआइइएफ) मा चीनको प्रतिनिधित्व […]

बिस्तृत समाचार »

ट्रम्प–किम शिखर वार्ताको उच्चस्तरीय तयारी

आगामी १२ जुनमा हुने भनिएको उत्तर कोरियासँगको शिखर वार्तालाई सार्थक बनाउन अमेरिकी अधिकारीहरूले उच्चस्तरीय थालेका छन् । वार्ता स्थगित भएको हल्ला चिर्दै संयुक्त एजेन्डा तय गर्न दुवै देशका अधिकारीहरूले छलफल थालेका हुन् । प्राविधिक तथा कूटनीतिज्ञहरूको टोली वार्ताको तयारी गर्न उत्तर कोरिया भ्रमणमा गएको जानकारी आइतबार अमेरिकाले दिएको छ । शिखर वार्ताअघि सुङ किमको नेतृत्वमा रहेको अमेरिकी कूटनीतिक […]

बिस्तृत समाचार »

‘अमेरिका–उत्तर कोरिया वार्ता भाँडिनुमा ट्रम्प दोषी’

अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता भंग हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालका प्रयोगकर्ताले आरोप लगाएका छन् । प्योङयाङ र वासिङ्टनबीच सिंगापुरमा १२ जुनमा गर्ने भनिएको प्रस्तावित शिखर वार्ता रद्द भएपछि चिनियाँ सञ्चारमाध्यमहरूले ट्रम्पको आलोचना गरेका हुन् । ट्रम्पले उत्तर कोरियासँग निष्पक्ष व्यवहार नदेखाएको र उनको कदमले कोरियाली प्रायद्वीप र चीनसँगको […]

बिस्तृत समाचार »

सन्नी लियोनी पोर्नस्टार बन्नुको रहस्य यस्तो छ

हालै बलिउड अभिनेत्रीको आउँदै गरेको फिल्म ‘वीरमहादेवी’को पोस्टर सार्वजनिक भयो । जसको तुलना सामाजिक सञ्जालमा सुपरहिट फिल्म ‘बाहुबली’सँग भएको थियो । सन्नी लियोनीले यस फिल्मबाट मलायालम फिल्म उद्योगमा डेब्यु गर्दैै छिन् । उनी बलिउडमा पनि केही प्रोजेक्टमा काम गर्दै छिन् । तर, लगातार काम पाए पनि आफू दुःखी रहेको कुरा उनले सामाजिक सञ्जालमा पोखेकी छिन् । सन्नीले इन्स्टाग्राममा एक फोटो […]

बिस्तृत समाचार »

पुरुष सहकर्मीलाई हेन्डसम भनेपछि कुवेतकी एक न्युज एंकर बर्खास्तगीमा …

पुरुष सहकर्मीलाई हेन्डसम भनेपछि कुवेतकी एक न्युज एंकर बर्खास्तगीमा परेकी छिन् । समाचार प्रस्तोताको टिप्पणीले कुवेतको संसद्मा समेत हंगामा मच्चाएको छ । तर, ती समाचार प्रस्तोताले आफ्नो भनाइ नियमित भन्दै बचाउ गरेकी छिन् । अल अरेबिया अंग्रेजीका अनुसार बासिमा अल सामर महानगरीय निर्वाचनको अपडेट गर्ने क्रममा अर्का एक पत्रकारसँग प्रत्यक्ष अन्तर्वार्ता लिँदा सहकर्मीलाई हेन्डसम भनेर सम्बोधन गरेकी थिइन् । […]

बिस्तृत समाचार »

५५ घण्टामै ढल्यो भाजपाको सरकार

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार संसद बैठक सुरु हुने वित्तिकै येदियुरप्पाले १५ मिनेट सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए। ५ दिनअघि (१५ मे) मा विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै […]

बिस्तृत समाचार »

७२ वर्षीया वृद्धाले पाइन् १९ वर्षीय किशोरमा वास्तविक माया

दक्षिण अमेरिकी राज्य टेनेसा पछिल्लो समयमा एउटा अनमेल विवाहका कारण चर्चामा छ । एक ७२ वर्षीया वृद्धाले १९ वर्षीय युवकसँग विवाह गरेपछि उनीहरू चर्चामा आएका हुन् । दुवैले वास्तविक माया अनुभूति गरेको बताएका छन् । ७२ वर्षीया अलमेन्डा इरेलाले १९ वर्षीय ग्यारी हार्डविकसँगको मायामा पागल भएको बताएकी छिन् ।उटा बर्थडे पार्टीमा उनीहरूबीच भेटघाट भएको थियो । दुई साताको डेटिङपछि उनीहरू […]

बिस्तृत समाचार »