ओलाङचुङगोला र संखुवासभाको किमाथांकामा अझै पुगेन सडक

ओलाङचुङगोला नाका ट्र्याक पु-याउन ९ किमि बाँकी नेपाल हुँदै भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो विराटनगर–ओलाङचुङगोला मार्गको ट्र्याक खोल्न नौ किमि मात्रै बाँकी छ । २८० किमि लामो सडकको ट्र्याक अब अढाइ वर्षमा खोलिसक्ने लक्ष्य छ ।सरकारले ताप्लेजुङ सदरमुकामबाट उत्तर ४६ किमि ट्र्याक खोलिसकेको छ । ओलाङचुङगोलाका स्थानीय आफैँले चीनसँगको नाका टिप्ताला भञ्ज्याङबाट २१ किमि सडक […]

बिस्तृत समाचार »

आलुको मूल्य नपाएपछि किसान चिन्तित

जिल्लाका किसानहरु यस बर्षको आलु उत्पादनबाट उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । विगतको तुलनामा आलु कम फल्ने र फलेको सिजनमा भाउ नपाउने भएपछि आलु उत्पादक किसानहरु चिन्तित बनेका हुन् । यस बर्ष आलु खन्ने सिजनमा असिना पानी परेका कारणले पनि किसानहरु आलु विग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ यसपालिको […]

बिस्तृत समाचार »

नेपालका लागि मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक

अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यका रूपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यतासम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसँगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरू सञ्चालनका लागि अन्य वित्तीय संस्थाहरूले पनि सिद्धार्थ बैंकसंग आबद्ध भएर […]

बिस्तृत समाचार »

टेलिकम डुवाउने कामिनीलार्इ हटाउन सरकार खुट्टा कमाउँदैछ ?

नेपाल टेलिकमलार्इ गुणस्तरीय बनाउन भनेर अाएकी प्रबन्धनिर्देशक कामिनी राजभण्डारीले भएकाे सेवालार्इ समेत ध्वस्त पारिन् । अप्टिकल फार्इबर ठेक्कामा अरबाैंकाे चलखेल गरेर अकूल कमाउने लालसा बाेकेकी कामिनीका कारण सरकार नै अलाेकप्रिय भएपछि अाेली सरकारले राजभण्डारीलाई हटाउने निर्णय गर्ने तयारी गरेकाे थियाे ।त्यसका लागि सरकारले कामिनीसँग २०७५ बैशाख २४ मा ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरी हटाउने […]

बिस्तृत समाचार »

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

पर्ख र हेर’को अवस्थामा छौ: निगम बुधबारमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप […]

बिस्तृत समाचार »

मोनोरेलमा कम्पनीले ग्यारेन्टी नबुझाए नयाँ प्रक्रिया

लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययनअघि बढाएर निर्माण गर्ने उद्देश्यसहित बिहीबार बोर्डले परामर्शदाताका लागि प्रस्ताव आह्वान गरेको हो । लगानी बोर्डले १५ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको छ । बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले मेट्रोरेलको […]

बिस्तृत समाचार »

बढ्यो चिनियाँ लगानी नेपालमा

काठमाडौं– पछिल्लो तीन महिनामा चिनियाँ लगानी बढेको छ । उद्योग विभाग वैदेशिक लगानी शाखाका अनुसार फागुन, चैत र बैशाखमा गरी तीन महिनामा ३८ अर्ब ६७ करोड विदेशी लगानी स्वीकृत हुँदा चिनियाँ लगानी मात्रै ३६ अर्ब २३ करोड रूपैयाँ स्वीकृत भएको हो । विदेशी लगानी पछिल्लो तीन महिनामा १८ मुलुकबाट ३८ अर्बभन्दा बढी भित्रिएको छ । […]

बिस्तृत समाचार »

जापानले अमेरिकी निर्यातमा ४० करोड ९० लाख डलरको भन्सार लगाउने

टोकियो– जापानले पनि अमेरिकी निर्यातमा ४० करोड ९० लाख डलरको भन्सार लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा लगाएको भन्सारको बदलामा यो कदम उठाउन लागिएको एनएचकेले जनाएको छ । जापानी सरकारले यो योजनाको बारेमा विश्व व्यापार संगठनलाई सूचित गर्ने तयारी गरिरहेको छ । यस किसिमको जानकारीलाई विश्व व्यापारको नियमको प्रक्रियाको रुपमा […]

बिस्तृत समाचार »

एक रुपैँया किलोमा पनि बिकेन गोलभेँडा

ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा प्रतिकिलो रु एकका दरले पनि बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । ५० हजार रुपैंयामा ऋण गरेर गोलभेँडा खेती गरेर १० हजारमा मात्रै बिक्री भएको भरतबहादुर चौधरीले बताए ।‘एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत […]

बिस्तृत समाचार »

स्थानीय तहमा नबिल बैंकका ५ वटा शाखा स्थापना

नबिल बैंकले आफ्ना ५ नयाँ शाखा स्थानीय तहमा स्थापना गरेको छ । बैंकले रुपन्देहीको सम्मरीमाई, जुम्लाको बराहताल, सुर्खेतको बित्थडचिर, बझाङ र डडेल्धुरामा शाखा सञ्चालनमा ल्याएको हो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति, कम्तीमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने उद्देश्यले बैंकले ग्राहक सुविधा उपलब्धताका लागि नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको […]

बिस्तृत समाचार »

तलब नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीकाे चेतावनी

काठमाडौं– निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेटमा निजामति कर्मचारीको तलव वृद्धी र स्वेच्छिक अवकाशमा जान चाहेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने लगायतका माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने धम्की दिएको हो। आधिकारीक ट्रेड युनियनका अध्यक्ष […]

बिस्तृत समाचार »

अकबरे खोर्सानीबाट वार्षिक १२ करोड आम्दानी

तेह्रथुमका किसानले अकबरे खोर्सानीबाट लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । यहाँका हजारौँ किसानले व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती गर्दै आएका छन् । धेरै किसानले खोर्सानीको बेर्ना उत्पादन गरेरसमेत मनग्ये आम्दानी गरिरहेका छन् । यहाँका प्रत्येकजसो घरमा अकबरे खोर्सानीको खेती गरिन्छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले जिल्लामा अकबरे खोर्सानीबाट वार्षिक १२ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने […]

बिस्तृत समाचार »

एसियन लाइफ इन्स्योरेन्सको ९८,२४६.२० कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने

एसियन लाइफ इन्स्योरेन्स लिमिटेडले ९८ हजार २ सय ४६ दशमलव २० कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ ।बैंकले फागुन १३ गतेदेखि वैशाख ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको साधारण सेयर बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि जेठ १० गतेदेखि १७ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । […]

बिस्तृत समाचार »

इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेढ वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण सुवन शहरमा आयोजना गरिएको सरोकारवाला बीचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको राष्ट्रिय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्वाधार निर्माणको काम पनि […]

बिस्तृत समाचार »

आन्तरिकतर्फको दुर्गम क्षेत्रमा हवाई भाडा ५४ प्रतिशतसम्म बढ्यो

सरकारले आन्तरिकतर्फको दुर्गम क्षेत्रमा हवाई भाडा ५४ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । दुर्गम क्षेत्रमा राज्यले विशेष अनुदानमार्फत राहत दिनुपर्नेमा व्यवसायीको दवावमा उल्टै भाडा बढाउने प्रस्ताव सदर गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्गममा हवाई भाडा बढाउन गत वैशाख २६ गते स्विकृत दिइएको जनाएको छ । मन्त्रालयको स्विकृतिसँगै अब देशभरका ७६ वटा […]

बिस्तृत समाचार »