रोकिएन कोरियामा हुण्डी कारोबार,

अन्तरस्ट्रीय खबर आर्थिक समाचार ताजा समाचार प्रवासी समाचार

दक्षिण कोरियामा रेमिट्यान्स कम्पनी बढेपनि अवैधानिक हुण्डी कारोबार भने रोकिएको छैन् । सरकारले रेमिट्यान्स कारोबार गर्न कम्पनीलाई अनुमति दिएपछि कारोबारमा प्रतिश्पर्धा समेत भइरहेको छ । जसले रेमिट कम्पनीले कम शुल्क र सर्वसुलभ तवरले रेमिट्यान्स सेवा पनि दिइरहेको अवस्था छ । यद्यपी अवैधानिक च्यानल हुण्डीमा रोकिएको छै्रन भने यसबाट ठगिने क्रम यथावत रहेको छ । विस्वासमा हुने अवैध कारोबार प्रयोग गर्दा केहि नेपाली केहि हुने खाने संस्थाका पदाधिकारीबाट ठगिदा अहिले पैसा फिर्ता गर्न हारगुहार समेत गरिहेका छन् ।

रेमिट कम्पनीले सेवा शुरु गरेको केहि सातामा अघि नेपाल पैसा पठाउन दिएको रकम अहिले सम्म अर्थात तीन महिना भन्दा बढि समय नदिदाँ केहि पिडितले सामाजिक सञ्जाल मार्फत चेतावनी दिइरहेका छन् भने हेल्लोनेपालकोरिया डट कमलाई पनि रकम फिर्ताका लागि पहल गर्न अनुरोध गरेका छन् । अहिले सम्म आधा दर्जनले कोरियामा समाजसेवीले आफुलाई चिनाउन रुचाउने वरिष्ठबाटै ठगिएको बताएका छन् । घरमा श्रीमती विरामी भएर तत्काल पैसा पठाउन दिएको रकम नदिएको बस्नेत थरका पिडितले बताए । सो पैसाका कारण आफ्नो परिवारमा खटपट भइरहेको दुखेसो उनले सुनाए । त्यस्तै कुँवर थरका एक पिडितले बहिनीलाई विदेश पढाउन साथीभाइसँग सापटी मागेको ५ लाख पचास हजार रुपैया तीन महिना देखि ताकेता गर्दा पनि नदिएपछि आफु डिप्रेसनन्मूख भएको बताए । कम्पनीमा काम नचलेको अवस्थामा साथीको पैसा फिर्ता गर्न नसक्दा आफु चिन्तित परेको उनको गुनासो छ । भने थेगुमा कार्यरत श्रेष्ठ थरका दुइ पिडितले पनि ४ र ५ लाख साथीको सिफारिशमा परी पैसा पठाउदाँ आफु ठगिएको बताए । भने बस्नेत थर अर्काले पनि चिरपरिचित संस्थाको पदाधिकारीको विस्वासमा परी पैसा नेपाल पठाउन दिदाँ ठगिएको बताए । त्यस्तै केहिले सामाजिक सञ्जालबाट हुण्डी कारोबारीको नाम समेत सार्वजानि गर्ने क्रम बढेको छ ।

रेमिट कम्पनीले सर्वसुलभ र सस्तो शुल्कमा सेवा दिदा पनि हुण्डी कारोबार रोज्नु र कारोबार नरोकिनु गम्भिर विषय हो । नियमकारी निकाय र दूतावासले कारोबारी विरुद्ध कडा कारबाहीका लागि पहल गर्न नसक्नु हुण्डी कारोबार नियन्त्रण हुन नसक्नुको अर्को कारण पनि हो । यस अघि करोडौ रमक ठगि गरेर फरार कारोबारी अझै सम्म पनि कारबाहीको दायरामा ल्याउन नेपाली दूतावास र सरोकारवाला निकाय निकम्मा भइरहदाँ र थोरै रकमको प्रलोभनमा पर्दा ठगिने क्रम नरोकिएको हो । भने ठगिएपछि दुतावास र कोरियन प्रहरीमा उजुरी दिन पिडित असक्षम हुदाँ नेपाली ठगिरहेका छन् ।

यसैबीच नेपाली दूतावासले हुण्डी कारोबार नगर्न सवै नेपालीलाई आग्रह गर्दै ठगिएको भए प्रमाण सहित दूतावासमा उजुरी दिन भनेको छ । ठगिएका सवैले विदाको दिन आइतबार दुतावास आएर पनि उजुरी दिएमा कारबाहीका लागि नेपाल सरकार र यहाँको प्रहरीलाई आग्रह गरिने दुतावासले बताएको छ भने टाढा कम्पनी भए टेलिफोन सम्पर्क गरेर पनि उजुरी दिन सकिने दुतावासले जनाएको छ । त्यस्तै दूतावासले कोहिबाट ठगिएको भए नजिकैको कोरियन प्रहरी कार्यलयमा उजुरी दिन भनेको छ । कोरियन आइडी प्राप्त नेपालीले ठगी गरेको भएपनि दूतावासले हदै सम्मको कारबाहीका कोरियन प्रहरी र यहाँको सरकारी निकायमा आग्रह गर्ने पनि दूतावासले बताएको छ ।

यसैगरी नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापाले पनि हुण्डी कारोबारले नेपाललाई तहसनहस पारेको भन्दै कारोबारी विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *