करिश्माकी छोरीको चलचित्रमा डेब्यु

ताजा समाचार फिल्मी खबर मनोरन्जन

काठमाडौं– नेपाली चलचित्र जगत्मा सदाबहार अभिनेत्रीका रूपमा परिचित करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् । अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गराउन लागेकी हुन् । करिशमाले करिब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय थिइन् भने अब उनको दोस्रो पुस्ता छोरीले पनि अन्ततः चलचित्र क्षेत्रलाई नै कर्म क्षेत्र बनाउन लागेकी छन् । आमाको छविकै भरमा उनी चम्कने कि आफ्नै प्रतिभामा चम्किने हुन् ? यो भने अब समयले देखाउने छ ।यसका निर्देशक दीपेश सापकोटा रहने पनि निश्चित रहेको बताएको छ । यसबारे आज या भोलि नै पत्रकार सम्मेलन गरेर यसको सार्वजनिक गर्ने पनि तयारी भइरहेको बताइन्छ । सोही अवसरमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कवितालाई मिडियामा देखिने छन् । सो फिल्मका नायक भने शक्ति नै हुने छन् ।

अहिलेसम्म यस फिल्मको भित्री कथा भने गोप्य राखिएको छ । यसअघि करिश्माले आङ्खनै होम प्रोडक्सनबाट छोरीलाई डुब्यु गराउने भनिए पनि अहिले भने शिव श्रेष्ठको फिल्मबाट डेब्यु गराइएको छ ।लामो समयदेखि अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी कविता गएको वर्षदेखि नेपालमा नै छिन् । आमा करिश्माका कारण कवितालाई फिल्ममा अगाडि बढ्न धेरै मुश्किल त नहोला तर आमा जस्तै सफल हुन भने उनको थोरै मिहिनेतले पुग्ने पनि बताएन थालिएको छ । प्रतिस्पर्धाको बजारमा उनले आफूलाई फिट राख्न अभिनयमा राम्रै पसिना चुहाउनु पर्ने हुन्छ । यसमा उनी कति सफल हुनेछिन् त्यो भने हेर्न बाँकी छ । उनी अमेरिकामा बसेकाले नेपाली पारामा ढाल्न पनि उनलाई निक्कै गाह्रो हुने हुनाले पनि उनको चलचित्रका बारेमा अझै भन्न केही नसकिने पनि बताइएको छ ।

शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ’एउटा यस्तो प्रेम कहानी’ मा मल्टिस्टारर कलाकारहरूको अभिनय रहनेछ । हाल छायांकन भइरहेको यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहनेछ । यसको कथा शिव आफैँले लेखेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *