मोदी फर्किएलगत्तै फेरि सीमा क्षेत्रमा भारतीय अवरोध

ताजा समाचार राष्ट्रिय खबर

बैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमण गरेर फर्किए, भ्रमणका बेला नेपालप्रति सद्भाव जगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किए लगत्तै फेरि भारतीय पक्षबाट नेपाली सीमा क्षेत्रको भूमिमा अवरोध भएको छ ।

भारतीय पक्षबाट कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडाको नेपाली भुमि हस्तक्षेप भएको छ । भुडाका स्थानीय किसान खेमराज पन्तको जमिनमा भारतीय पक्षले हस्तक्षेप गरेका छन् । किसान पन्तले आफु जमिन जोतिरहेका बेला आइतबार एसएसबीले रोकेको बताए ।यो मेरो सीमा क्षेत्रको जमिन उचोनिचो थियो, ‘उनले भने, ‘सो जमिन बराबरी गर्दै थिए एसएसबी आएर रोकिदिए ।’ लालपुर्जा भएको जमिनको मालपोत तिर्दै आएको बताउदै उनले एक्कासी एसएसबी आएर अवरोध गरेको बताए । गत माघमा संयुक्त सीमासर्वे टोलीले सो क्षेत्रको जमिन भारतमा पर्ने देखाएको भन्दै एसएसबीले रोकेको पन्तले बताए ।

एसएसबीले खेत मिलाउन रोकेपछि काम रोकिएको पन्तले बताए । आफ्नो जमिन रोकिएको बारे बेलौरी नगरपालिकाले घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बेलौरी नगरपालिका १० का वडाध्यक्ष होरिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी सहित भारतीय एसएसबीसंग छलफल गरेर निकास निकाल्ने बताए ।

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय एसएसबीले पटक पटक अवरोध गर्दा पनि नेपाली पक्षबाट सीमा सुरक्षा क्याम्प नराखिएको स्थानीय गुनासो गरेका छन् । गत बैशाख पहिलो साता भारतीय एसएसबीले कञ्चनपुरकै पुर्नवास नगरपालिका ९ विचफाँटा आफ्नै भूमिका तारबार लगाउदा तारबार उखेलिदिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *