धरहरा पुनर्निर्माणका लागि बोलपत्र आह्वान

आर्थिक समाचार ताजा समाचार राष्ट्रिय खबर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुननिर्माण गर्ने भएको छ । नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु गरेको हो ।

प्राधिकरणले पुनर्निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले वार्षिक कम्तिमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्वान गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । उनले धरहरा पुनर्निर्माणका लागि बोलपत्र आह्वान हुनु खुशीको विषय भन्दै तीन वर्ष पहिलेको भूकम्पबाट क्षतिग्रस्त भएका अन्य सम्पदाहरू पनि अब धमाधम पुनर्निर्माण हुने बताए ।

धरहराको पुनर्निर्माणमा सहभागी हुन चाहने निर्माण कम्पनीलाई बोलपत्र पेश गर्न ३१ दिनको समय दिइएको छ । भत्किएको तीन वर्ष वित्दा पनि धरहराको पुनर्निर्माणमा सिन्को पनि नभाँचिएको असन्तुष्टिस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ गते ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि आवश्यक परे आफैं डोको र कोदालो बोक्ने उद्घोष गरेका मात्र होइन पहिलो पटक प्रधानमन्त्री बन्दा मेरो धरहरा मै बनाउँछु अभियान चलाएर रकम समेत संकलन गरिउको थियो । धरहराको पुनर्निर्माणमा साँढे चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *