प्रदेश २ का सांसद कुन्दन कुशवाहलाई पक्राउ पुर्जी

ताजा समाचार राष्ट्रिय खबर

रौतहटको कटहरिया नगरपालिकाका मेयरलाई हत्या अभियोगमा पक्राउ गरेको केही दिन बित्न नपाउदै सोही नगरपालिकाका प्रदेशसभा सदस्यलाई समेत पक्राउ पुर्जि जारी गरिएको छ ।कटहरिया नगरपालिका घर भएका माओवादी केन्द्रका स्थानीय नेता तथा प्रदेश २ का सांसद कुन्दन कुशवाहलाई पक्राउ गर्न जिल्ला अदालत गौरले जिल्ला प्रहरीलाई पत्राचार गरेको छ ।

वन पैदवार ओसार पसारको आरोपमा प्रदेश २ का सदस्य कुन्द कुशवाहलाई पक्राउ गर्न अदालतले प्रहरीको नाममा पत्र पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३को प्रदेशसभा सदस्यमा बिजयी भएका थिए । उनको वन कसुरको मुद्धा सर्बोच्च अदालतमा बिचाराधिनकै अवस्थामा पक्राउ पूर्जि जारी भएको छ । बिना इजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटांैडाको फैसला अनुसार एक बर्ष जेल सजाय सुनाइएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले बैसाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको हो ।

पत्र आए पनि प्रहरीले पक्राउ गर्नुको साटो गोप्य राखेको थियो । उसले मातहतलाई समेत पक्राउ गर्न निर्देशन दिइएको छैन । बाराको साविक पिपरा सिमरा स्थित पथलैया चोकमा विभिन्न सवारी चेकजाचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्किको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो । ट्रक चालक इन्द्रबहकादुर मानन्धरले ३ सय ५० बोरा चामल रहेको प्रहरीलाई बताएर उम्कन खोजेका थिए । त्रिपालले छोपेको ट्रकका बारे प्रहरीले शंकाको घेरामा राखेर चेकजाच गर्दा सालको चिरान काठ बरामद गरेको हो । उक्त काठ कटहरिया स्थित न्यूएभरेष्ट समिलका काठधनी कुन्दनप्रसाद कुशवाहको रहेको चालक मानन्धरको बयानमा उल्लेख रहेको थियो । ट्रकमा लोड गरिएको सालको काठ जिल्ला वनबाट लिलाम हुदा ठेकेदारले सकार गरेको र चिरान आदेश प्रमाणित, नाप जाच गरी रायसाथ पेश गर्न सम्बन्धित रेन्जपोष्टका तत्कालीन रेन्जर अशोककुमार जैसवाललाई खटाइएको उल्लेख छ ।

वनको इजाजत पत्र अनुसार २०६९ भदौ २९ गते रेन्जर जैसवाललाई काठ सिलबन्दिका लागी बुझाइएको थियो । रेन्जरकै रोहवरमा सिलबन्दी भएकाले काठ बैध अबैध भन्ने जैसवाललाई नै थाहा भएको तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरराय यादवले अदालत समक्ष बकपत्र गरिदिएका छन् । वनले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा ट्रकधनी रौतहटका बिन्देश्वर साह, चालक मानन्धर काठ धनी कुशवाहले बिना इजाजत काठ ओसारपसार गरेको देखिँदा निज प्रतिबादीहरुलाई वन ऐन २०४९ को तफ ४९(घ) को कसुर सही ऐनको दफा ५०(१)(घ)(४) बमोजिम सजाय गरि ट्रक समेत जफत गरि पाउ भनि माग दाबी गरी मिसिल जिल्ला अदालत बारामा बुझाइएको थियो ।

अदालतले २०७३ असार ३ गते चालक मानन्धरलाई दोषी ठहर गर्दै ट्रकधनी साह र काठ धनी कुशवाहलाई सफाइ दिइएको थियो । उक्त फैसलाको पुनराबेदन अदालत हेटौडामा अपिल हुदा चालक एउटैले धेरै परिणामको वनपैदवार ओसार पसार गर्न नसक्ने ठकर गर्दै जिल्ला अदालत बाराको फैसला उल्टाई सांसद कुशवाहलाई समेत एक वर्षको सजाय सुनाएको हो । सदस्य कुशवाहले पुनराबेदनको फैसला उपर ७० दिनको म्याद भित्र २०७३ साउन १६ गते सर्वोच्चमा अपिल गरेको बताए ।‘सर्वोच्च अदालतमा विचाराधिन मुद्धाको पक्राउ आदेश आउनु आश्चर्यमा परेको छु,’उनले भने,‘यस्तो कसरी भयो । बुझने प्रयास गर्दै छु ।’उनले अदालतको फैसला अनुसार बिगो बापत ५ लाख ५५ हजार ८ सय असी रुपैया बराबरको जेथा राखेको जनाए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *