दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने आसा

अन्तरस्ट्रीय खबर ताजा समाचार

पछिल्लो समय सुधारुन्मुख रहेको दुइ कोरियाबीचको सम्बन्धले स्थाइत्व पाउने बलियो सम्भावना देखिएको छ l यही हप्ता बुधबार उच्च स्तरीय बार्ताको निमित्त दुइ कोरिया तयार भएका छन् l गत महिना दुवै कोरियालि नेता हरुले ऐतिहासिक रुपमा राखेको स्थाई शान्तिको प्रस्तावलाई निरन्तरता दिदै उच्च स्तरीय शिखर बार्ताको लागि मिति तय भएको दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ l

बार्ता दुइ कोरियाली सिमा क्षेत्र पानमुनमुन्जोम गाउमा हुने बताइएको छ l शिखर बार्ताको निमित्त उत्तर कोरियाले शान्ति तथा एकता विभागका अध्यक्ष रि सोन वन को नेतृत्वमा २९ जनालो टोलि पठाउने निर्णय गरेको छ l बार्ताले गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन तथा उत्तर कोरियाली नेता किम जोङ् उन बीच प्रतक्ष्य भेटमा राखेको प्रस्ताब लाइ निरन्तरता दिने छ l यसपटकको शिखर बार्ता पछी कोरियाली प्रायद्विपमा स्थाई शान्ति कायम हुने अपेक्षा गरिएको छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *