सुनसरी सृजनशिल समूह कतारद्वारा छात्रवृति सहित शैक्षिक सामाग्री वितरण

ताजा समाचार प्रवासी समाचार

इनरुवा । श्रमकालागि विदेश पलायन भएकाहरू अधिकांशको पहिलो प्राथमिकता भनेको धन आर्जन गर्नु नै हो ।
चर्को घाम र दिनरात नभनी श्रमकालागि पसिना बगाउनेहरू मध्ये केही त्यस्ता उदाहरण पनि छन् जसले विदेशमा कमाएको रकम संचित गरि आफ्नो देशका बालबालिकाको शिक्षादीक्षामा खर्चिरहेका छन् ।

सुनसरी सृजनशिल नेपाल वैदेशिक रोजगारीकालागि कतार भासिएका नेपाली युवाहरूको समूह हो । सुनसरी सहित पूर्वका विभिन्न जिल्लाबाट कतारमा रोजगारीको क्रममा रहेकाहरूको साझा संगठन सुनसरी सृजनशिल परिवारले संस्था दर्तासँगै सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ ।
कतारमा समेत शाखा रहेको सृजनशिल परिवारले विशेषगरी शैक्षिक क्षेत्र सुधार,भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामाग्री हस्तान्तरण जस्ता कार्यहरू गर्दै आएको छ प्राथमिकताका आधारमा शैक्षिक संस्था छनौट गरी विगतका वर्षदेखिनै संस्थाले सहयोग उपलब्ध गराउँदै आएको छ । दजर्नबढी विद्यालयलाई भौतिक पूर्वाधार निर्माणकालागि नगद सहितको सहयोग उपलब्ध गराइसकेको सृजनशिलले खासगरी सरकारी पहुँच कम रहेका क्षेत्रमा संस्थागत सहयोग उपलब्ध गराउने गरेको छ ।

सृजनशिलको समूहले सुनसरीको विकट मानिने बराहक्षेत्र ६ महेन्द्रनगरमा पर्ने श्रीलंकाको चिलैया टापुमा गएको वर्षदेखिनै शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष बालसेवा आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणकालागि नगद ५० हजार सहित छात्रवृतिका साथै शैक्षिक सामाग्री वितरण गरेको संस्थाले यस पटक समेत नगद ५० हजारका साथै कमप्युटर र शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयको माग बमोजिम कतार शाखाले कमप्युटर उपलब्ध गराएको थियो भने नगद र शैक्षिक सामाग्री सुनसरी सृजनशिलले हस्तान्तरण गरेको थियो ।
सृजनशिल परिवार सुनसरीका अध्यक्ष पुष्प कार्की, कतार शाखाका उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव कैलाश कार्की, कोषाध्यक्ष उमेश पोखरेल लगायतकाले वडाध्यक्ष श्यामबहादुर लिम्बुको रोहवरमा प्रधानाध्यापक धनकुमारी राईलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बराहक्षेत्र ३ मा रहेको जालपा आधारभूत विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरूलाई समेत संस्थाले छात्रवृति सहित शैक्षिक सामाग्री वितरण गरिएको थियो । सो कार्यक्रममा वडाध्यक्ष रुद्र दाहाल, प्रअ अनुषा बन लगायतको उपस्थिती रहेको थियो । संस्थाले बराहक्षेत्र ९ मा रहेको हुल्की आधारभूत विद्यालयमा समेत शैक्षिक सामाग्री वितरण गरेको थियो । कार्यक्रममा कल्पना कार्की, सीता श्रेष्ठ, खगेन्द्र गड्तौला, कल्पना कार्की लगायतको उपस्थिती रहेको थियो । सृजनशिलले एम्बुलेन्स सेवा समेत संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष पुष्प कार्की बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *