नेपालकै टप २४ मोडल एकसाथ र्‍याम्पमा उत्रिने

ताजा समाचार मनोरन्जन

नेपालकै टप २४ मोडल एकसाथ र्‍याम्पमा उत्रिने भएका छन् । टप तथा व्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्कालगायत मोडल एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका हुन् ।आउँदो जेठ ११ गते काठमाडौंमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’मा उनीहरू एकसाथ र्‍याम्पमा उत्रिन लागेका हुन् । नेपालमै पहिलोपटक १ सय ९२ फिट लामो युसेफ र्‍याम्प स्टेजसहित आयोजना हुन लागेको फेसन सो हालसम्मकै उत्कृष्ट सो हुने दाबी आयोजकको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेका अन्तर्राष्ट्रिय स्तरका पहिरन प्रस्तुत हुनेछन् । नेक्स्ट मोडल नेपालको व्यवस्थापनमा सो हुन लागेको हो ।

नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले सोले नयाँ पुस्तालाई फेसनप्रति आकर्षित गर्ने बताए । १६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरी तीन सिक्वेलमा आकर्षक फेसन प्रदर्शन गर्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *