जेरुसेलममा अमेरिकी दूतावास सार्ने कदमले मध्यपूर्व क्षेत्रमा थप संकट

अन्तरस्ट्रीय खबर ताजा समाचार

इजरायलको तेलअभिभबाट जेरुसेलममा अमेरिकी दूतावास सार्ने कदमले मध्यपूर्व क्षेत्रमा थप संकट ल्याउने चेतावनी विश्लेषकले दिएका छन् । मध्यपूर्व तथा प्यालेस्टाइनी विश्लेषकका अनुसार अमेरिकाको यस कदमले मध्यपूर्व क्षेत्रमा अझ बढी चुनौती र अस्थिरता निम्त्याउने खतरा छ । गत सोमबार गाजा क्षेत्रमा प्यालेस्टाइन पक्षधरले विशाल विरोध प्रदर्शन गरिरहँदा इजरायली तथा अमेरिकी उच्च अधिकारी भने जेरुसेलममा अमेरिकी दूतावासको औपचारिक उद्घाटन गर्ने कार्यमा व्यस्त थिए । सो अवसरमा अमेरिकी कंग्रेसका एक वरिष्ठ सांसदसहित इजरायल र अमेरिकाका झन्डै ८ सय अधिकारीको उपस्थिति थियो ।गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने घोषणा गरेका थिए । त्यसपछि दूतावासलाई विवादित क्षेत्र मानिने जेरुसेलममा सार्नका लागि गृहकार्य गर्न उनले निर्देशन दिएका थिए । इजरायलमा रहेका ८६ विदेशी राजदूतलाई दूतावास उद्घाटन समारोहमा सरिक हुन निमन्त्रणा दिइएको थियो । तीमध्ये ४० जना विदेशी राजदूतले मात्र निमन्त्रणा स्विकारेका थिए ।

प्यालेस्टिनी विश्लेषकहरूले अमेरिकाको यस कदमबाट अरब, इस्लामिक तथा अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरिसकेको अवस्थामा प्यालेस्टाइन र इजराइलबीचको द्वन्द्वलाई उत्कर्षमा पुग्ने र भविष्यमा हुन सक्ने शान्ति वार्तामा पूर्णविराम लाग्न सक्ने खतरा औँल्याएका छन् । गत ३० मार्चदेखि हजारौँ प्यालेस्टिनीहरूले गाजा क्षेत्रमा साप्ताहिक विरोध प्रदर्शन गर्दै आएका छन् । ३० मार्चको प्रदर्शनमा मात्र इजरायली पक्षले गरेको दमनबाट झन्डै १ सय प्यालेस्टिनी मारिएका थिए भने सयौँको संख्यामा घाइते भएका थिए । गत सोमबार जेरुसेलममा अमेरिकी दूतावासको उद्घाटनको विरोध गर्दै गाजा क्षेत्रमा प्यालेस्टिनीले गरेको प्रदर्शनमा ५२ जना प्यालेस्टिनी मारिनुका साथै १ हजार ७ सयभन्दा बढी घाइते भएका छन् ।

जेरुसेलममा खुलेको अमेरिकी दूतावासका कारण प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व उत्कर्षमा पुग्ने र भविष्यमा हुन सक्ने शान्ति वार्तामा पूर्णविराम लाग्न सक्ने खतरा छ

वेस्ट ब्यंकका चिन्तक तथा राजनीतिक विश्लेषक हानी अल मासरीले दूतावास सार्ने अमेरिकी निर्णयले द्वन्द्व झनै बढाउने तर्क गरेका छन् । अमेरिकी यस कदमले जेरुसेलमलाई इजरायली भूमिका रूपमा वैधानिकता दिने र वेस्ट ब्यांकलाई समेत इजराइलको अधिनमा पार्ने बाटो खुलेको बुझाइ मासरीको छ । यद्यपि, उनले यस कदमले इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापना गर्न सहयोग गर्ने दाबी गरेका छन् । दूतावास उद्घाटनका क्रममा रेकर्ड गरिएको ट्रम्पको भाषण सुनाइएको थियो । सो भिडियो सम्बोधनमा तेलअभिभबाट दूतावासलाई जेरुसेलममा सार्ने योजना धेरै अघिदेखि बनेको र अझै पनि आफूले प्यालेस्टाइन र इजराइलको शान्ति सम्झौता होस् भन्ने चाहेको भनाइ थियो । यसैबीच, उद्घाटन कार्यक्रमै इजरायली प्रधानमन्त्री नेतन्याहुले शान्तिका लागि महत्वपूर्ण दिन भएको अभिव्यक्ति दिए । अर्कातर्फ, जेरुसेलममा अमेरिकी दूतावास सार्ने योजनालाई प्यालेस्टिनी नेतृत्वले लामो समयदेखि विरोध गर्दै आएको थियो । शान्तिवार्ताका लागि अमेरिकाको मनोमानी अन्त्य गरी बहुआयामिक कार्यविधि बनाउने पर्ने माग प्यालेस्टिनी नेतृत्वको छ ।

प्यालेस्टिनी सहर रमाल्लाहमा कार्यरत समाचार विश्लेषक हमादा फरानाकाले भने अमेरिकी नीतिले मध्यपूर्व क्षेत्रको द्वन्द्व समाधान गर्न असफल भएको निष्कर्ष निकालेका छन् । प्यालेस्टाइनको विरोधलाई संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र रुसले समर्थन गरेको तर्क फरानाकाको छ । अमेरिकी कदमको विरोधमा आगामी दिनमा प्यालेस्टिनी पक्षबाट कडा प्रतिवाद हुने बुझाइ उनको छ ।

सिन्वा समाचार समिति

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *