पाचाैँ उदयपुर गोल्डकपमा : सुनसरी ११ सेमिफाइनलमा

खेलखुद ताजा समाचार

उदयपुरमा जारी पाचाैँ उदयपुर गोल्डकपमा दमक गोल्डकपको विजेता नेपाल पुलिस क्लब मंगलबार भएको खेलमा सुनसरी ११ सँग ट्राइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि सुनसरीले सेमिफाइनलमा स्थान पक्का ग-यो ।

निर्धारित समय बराबरी
प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेका थिए । आठौँ मिनेटमा नै नेपाल पुलिस क्लबका रामबाजीले गोल गर्दैटिमलाई सुरुवातमा नै अग्रता दिलाए । तर, २४औँ मिनेटमा सुनसरीका सौजन याख्खाले बराबरी गोल फर्काउँदै सुनसरीलाई खेलमा फर्काए । ४३औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेत र ६४औँ मिनेटमा रोमन लिम्बूले गोल गर्दै सुनसरीलाई अग्रता दिलाए ।यद्यपि, उसको अग्रता लामो समय टिकेन पुलिसले उसको अग्रतालाई तोड्दै अतिरिक्त समयमा बराबरी गर्न सफल भएको थियो । बराबरीपछि थप गरिएको १५ मिनेटको समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पुलिस स्तब्ध
निर्धारित समयमा संघर्षपूर्ण रूपमा खेललाई बराबरीमा ल्याएको पुलिस टाइब्रेकरमा सुनसरीले पुलिसलाई ३–२ ले पछि प-यो । सुनसरीका अनिल धामी, बुिद्धमान राई र निशान लिम्बूले गोल गर्दा पुलिसका अभिषेक रिजाल र रेग्जिन सुब्बाले मात्र गोल गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनलमा थ्रिस्टार र झापा ११ भिड्दै छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *