सुर्खेतबाट हुम्ला उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन

ताजा समाचार राष्ट्रिय खबर

सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन भएको छ। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने भएपनि अझै सम्पर्कमा आएको छैन ।

जहाजको खोजिका लागि सिमिकोटमै रहेको माउन्टेन एयरको हेलिकप्टर उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार जहाजमा दुर्इ जना पाइलट मात्र रहेका थिए । सुर्खेत, सिमिकोट र इनरुट सबै स्थानको मौसम सफा नै रहेकाे ठाकुरले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *