वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको धरौटी तीन करोड बनाउने तयारी

ताजा समाचार प्रवासी समाचार राष्ट्रिय खबर

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको धरौटी रकम तीन करोड रुपैयाँ बनाउने तयारी गरेको छ । मन्त्रालयनिकट स्रोतका अनुसार १ करोड नगद र २ करोड वैंक ग्यारेन्टी गरी ३ करोड धरौटी पु¥याउने तयारी गरिएको हो ।हाल कायम रहेको ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी गरी ३० लाख धरौटी भन्दा १० गुणाले नै धरौटी बढाउने तयारी गरिएको छ । वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न निर्माण गरिएको कार्यदलद्वारा तयार गरेको मस्यौदामा १ करोड नगद धरौटीको व्यवस्था गरिएको थियो । तर, श्रम मन्त्रीको रुपमा गोकर्णराज विष्ट नियुक्त भएपछि त्यसमा २ करोड रुपैयाँ बैंक ग्यारेन्टी थप गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

तर, वैदेशिक रोजगार व्यवसायीहरुले भने सरकारको उक्त तयारीको विरोध जनाइरहेका छन् । मस्यौदामा १ करोड बनाउने उल्लेख भएको जानकारी पाएपछि त्यसको खुलेरै विरोध गरेका व्यवसायीहरुले सरकारले झनै ३ करोड धरौटी बनाउन लागेको चर्चा आएको भन्दै विरोध जनाइरहेका छन् ।सरकारी अधिकारीहरु तथा सम्बद्ध पक्षले एकैपटक रोजगारदाता मुलुकबाट धेरै कामदारहरु उद्धार गरी स्वदेश फर्काउन पर्ने अवस्था आए हाल कायम रहेको धरौटी रकम अपर्याप्त हुने भन्दै धरौटी बढाउनु पर्ने बताउने गरेका छन् । त्यस्तै पछिल्लो समय म्यानपावर कम्पनीको संख्या निकै धेरै भएकाले अस्वस्थ प्रतिस्पर्धा बढेको र राज्यलाई नियमन गर्न समेत अप्ठेरो हुने हुँदा धरौटी रकम वृद्धि गरे म्यानपावर व्यवसायीहरुको संख्या उल्लेख्य रुपमा घट्न सक्ने हुँदा यस क्षेत्रलाई व्यवस्थित बनाउन सकिने तर्कसमेत गर्ने गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरले भने हालसम्म धरौटी रकम अपर्याप्त भएको कारण कामदारलाई उद्दार गर्न नसकिएको उदाहरण नभएको बताउने गरेका छन् । उनीहरुले कुनै बेला म्यानपावर कम्पनीहरुमा तोडफोड गरि“दा विभागमा राखिएको धरौटी रकम निकालेर मर्मत गरिएको र सो अवधिमा धरौटी रकमको अभावमा त्यस्तो कुनै समस्या नपरेको तर्कसमेत गर्ने गरेका छन् । त्यस्तै केही साना व्यवसायीहरुले भने सिन्डिकेट कायम गर्नका लागि ठूला व्यवसायीहरुले धरौटी बढाउने पहल गरिरहेको आरोप लगाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *