अपडेटः मकालु एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पुष्टि

ताजा समाचार राष्ट्रिय खबर

सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार माउण्टेन हेलिकप्टरको दुई वटा हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ ।

अहिले पाइलटको अवस्थाको बारेमा जानकारी लिने प्रयास भइरहेको तर उनीहरुको अवस्थाको बारेमा भने पुष्टि नभएको प्रवक्ता ठाकुरले बताए ।

यसअघि विमान भेटिएको सूचना गलत रहेछ : महाप्रबन्धक
यसअघि सम्पर्कविहीन जहाज बाजुरामा भेटिएको भन्ने सूचना गलत रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । उनले भने ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका स्थानीय स्रोतबाट जहाज बाजुरामा भटिएको भन्ने प्राप्त सूचना गलत रहेछ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *