आधा किलो सुनसहित दुई भारतीय पक्राउ

ताजा समाचार राष्ट्रिय खबर

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले HR 12AF 0006 नम्बरको भारतीय जिपबाट आधा किलो सुन सहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा भारतीय युवकलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुन सहित भारतको हरियाणाका जितेन्द्र शैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । ‘आधा किलो सुन झोला भित्र राखेका थियो, ‘उनले भने, ‘यो सुन तस्करीकै हो ।’

पक्राउ गरिएको सुनको बजार मुल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए । सुन आफ्नो भएको बताउँदै जितेन्द्र शैनिकले नै जीप चलाईरहेका थिए । सुरेश कुमार जीप भित्रै बसेका थिए । भन्सारले जिपको थप चेकचाँच गर्न मेकानिक बोलाएर पार्टपुर्जा खोलिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *