सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा समावेश,मे ३१ मा वेष्ट इण्डिजविरुद्ध खेल्ने

खेलखुद ताजा समाचार राष्ट्रिय खबर

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने टी-२० मा विश्व-११ टोलीको प्रतिनिधित्व गर्दै लर्डस मैदानमा खेल्ने भएका छन् ।
लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा छनौट भएसँगै ३१ मे मा इंग्ल्याण्डको लडर्समा खेल्ने भएका हुन् ।
आइसीसीले टुइटरमार्फत लडर्समा खेल खेलाइने जनाएको छ । बंगलादेशका सकिब अल हसन व्यक्तिगत कारणले नखेल्ने भएपछि अाइसीसीले सन्दीपलार्इ मौका दिएको अाइसीसीले उल्लेख गरेकाे छ।

उनको टिममा इयान मोर्गन कप्तानको रुपमा रहनेछन् । त्यस्तै शाहिद अफ्रिदी, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, तमिल इकवाल, दिनेश कार्तिक, थिसारा परेरा, लुक रोन्ची पनि उनको टिममा रहेका छन् । अाइसीसीका अनुसार वेष्ट इण्डिजको टोलीमा कार्लोस ब्रेथवेट, क्रिस गेल, स्यामुयल बद्री, इभान लुइस, मार्लोन सामुएल्स तथा अान्द्रे रसेल लगायत हुनेछन् ।

खेलबाट संकलित सबै आय पछिल्लो वर्ष अाएकाे समुन्द्री अाँधी हुरीकेनको कारण क्षतिग्रस्त भएको क्यारिबियनमा स्टाडियाको पुनः निर्माणका लागि प्रयोग गरिने जनाइएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *