इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

आर्थिक समाचार ताजा समाचार प्रवासी समाचार

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेढ वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण सुवन शहरमा आयोजना गरिएको सरोकारवाला बीचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् ।

मुख्य साझेदार रहेको राष्ट्रिय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्वाधार निर्माणको काम पनि तिब्र गतिमा भईरहेकोले लगानीकर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरणिय हुने दाबि गरे । ५२ करोड रुपैया कुल लागत रहेको आयोजनामा बैंकले ६० प्रतिशत व्यहोर्ने र ४० प्रतिशत शेयर होल्डरबाट जम्मा गर्नुपर्ने भएकोले अपुग आठ करोड रकम संकलनका लागि अन्तरक्रियाको आयोजना गरिएको अध्यक्ष लिम्बुको भनाइ छ । आजसम्मको प्रगति बिवरण सार्बजनिक गर्दै एस एम इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले कानुनी तथा प्रक्रियागत जटिलताका कारण आयोजना निर्माणमा केहि ढिलाई भए पनि अब कुनै कठिनाइ नभएको बताए । साझेदार बैंक संगको सम्झौता अनुसार लगानीकर्ताबाट पुर्याउनुपर्ने चालिस प्रतिसत मध्ये बाकि रकम संकलनका लागि लगानीकर्ता उत्साहित रहेको न्यौपानेले जानकारी दिए ।

इक्विटी शेयरका लागि कोरियामा रहेका नेपालीहरु बिच विभिन्न शहरमा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको र लगानीकर्ताको लागि आबेदन पनि खुल्ला गरिएको आयोजनाले बताएको छ । थोदुङ एण्ड वाईवा जे.भी कम्पनिद्वारा निर्माणाधीन आयोजनाको ट्रयाक रुट निर्माण सम्पन्न गरी हाल बाँध स्थलका लागी कंक्रिट प्लान्ट जडान र नहर निर्माण भैरहेको छ । निर्माण सम्पन्न भएपछी दोलखाको किर्नेटार सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिने आयोजनाले जनाएको छ ।

बैदेशिक रोजगारबाट भित्रिने अधिकांश रकम अनुत्पादक क्षेत्रमा खर्च भैरहेको गुनासो आइरहेको बेला कोरियामा बस्ने नेपालीको सक्रियतामा नमुना काम हुन लागेको भन्दै सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ ।

आयोजना सम्बन्धी बिस्तृत जानकारीका लागि सम्पर्क
अध्यक्ष सुरेश लिम्बू मोबाईल नम्बर ०१०–७३६४८०९५
प्रबन्ध संचालक कपिल न्यौपाने ०१०–२१९६९१७४

कार्यक्रम हुने स्थानहरु
बालाजी रेस्टुरेन्ट थेगु
मिति २० मे २०१८
सम्पर्कः मानसिङ गुरुङ ०१०–३०४७१९६०
सुशील मैनाली ०१०–७५९९९१९२

पुनश्चः निम्न स्थान बाट पनि आबेदन संकलन हुने ब्यहोरा जानकारी गराइन्छ ।
सुवन सुरज के सि ०१०५६४४४८७७
आन्सान सन्तोष श्रेष्ठ ०१०५०४९०५३२

हेल्लो नेपाल कोरिया बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *