नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता नहुने !

ताजा समाचार राजनिती

नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन अयोगमा दर्ता नहुने भएको छ । विधिवत रुपमा यसअघि नै आयोगमा दर्ता भएका पार्टी पुनः त्यही नाम र चुनाव चिन्हमा दर्ता हुन नसक्ने निर्वाचन आयोगका सहप्रवक्ता उपसचिव मुकुन्द शर्माले जानकारी दिए ।

एमाले–माओवादी एकताः चुनाव चिन्ह सूर्य, सिद्धान्त ‘जनताको जनवाद’

उनले एउटै नाम र चुनाव चिन्ह भएका एक भन्दा बढी पार्टी संबैधानिक व्यवस्था अनुसार पनि आयोगमा दर्ता नहुने बताए । निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता भइसकेको छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बिहीबार ‘नेपाल कम्युनिस्ट पार्टी’ नाममा एक हुने भएका छन् ।

माओवादी नेता वर्षमान पुन अनन्तका अनुसार बिहीबार दिउँसो ३ बजे ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता हुँदैछ । यता, नयाँ पत्रिकासँग कुराकानी गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमाले–माओवादीसँग एकीकरण पनि नगर्ने र आफ्नो नाम पनि नदिने बताए ।

एमाले–माओवादीकाे एकता बिहीबारः केन्द्रीय समितिमा ५५/४५ को अनुपात

उनले संविधानको धारा २४७ अनुसार विधिवतरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेको र आफ्नो पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाइरहेको जानकारी दिए ।

उनले सत्ताको दम्भ देखाएर एमाले–माओवादीले नाम खोस्न खोजे कानुनी उपचार खोज्ने र त्यसबाट पनि निकास ननिस्किए नेत्र विक्रम चन्द विप्वलको पार्टीले जस्तो सशस्त्र विद्रोह गर्न पछि नपर्ने चेतावनी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *