अमेरिका–इजरायल युद्धनीतिका कारण मध्यपूर्व क्षेत्रमा संकट

अन्तरस्ट्रीय खबर ताजा समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को इरान परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरे । तर, प्रमुख अन्तर्राष्ट्रिय सम्झौताबाट अलग्गिने अमेरिकाको यो पहिलो कदम भने होइन । यसअघि नै एसिया प्रशान्त क्षेत्र व्यापार सम्झौता (टिपिपी) र जलवायु परिवर्तनसम्बन्धी पेरिस जलवायु सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग्याइसकेका छन् । बहुराष्ट्रिय संयन्त्रबाट हात झिक्नु ट्रम्पको विशेषता नै बनिसकेको छ ।

इरान परमाणु सम्झौताबाट बाहिरने हालको निर्णयले अमेरिकालाई झनै पर धकेलेको छ । ट्रम्पको यस कदमलाई इराक र अफगानिस्तानमा युद्ध चलाएर मध्यपूर्व क्षेत्रलाई आफूअनुकूल बदल्न खोज्ने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कदमसँग तुलना गरिएको छ । बुसले सैन्य हस्तक्षेपले ल्याएको संकटझैँँ ट्रम्पको कदमले पनि मध्यपूर्र्व क्षेत्रमा ठूलो खतरा निम्त्याउने निश्चित छ ।यस्ता सम्झौताबाट बाहिरिरहँदा अमेरिकाको शक्ति राजनीतिमा ह्रास आइरहेको छ भने युरोपले कूटनीतिमा जोड दिइरहेको छ । अमेरिकाको पछिल्लो कदमबाट अमेरिकी गुटका देश नै विपक्षमा देखिन थालेका छन् ।
ट्रम्पको कदम इरानको परमाणु हतियारलाई सीमित गराउनेमा मात्र केन्द्रित छैन । बरु इरानको सत्ता परिवर्तन गर्नु उनको प्रमुख लक्ष्य हो । यसका लागि इस्लामिक गणतन्त्र इरानको अर्थतन्त्र र स्रोतसाधन कमजोर बनाउने रणनीति अमेरिकाले लिएको छ ।

इरानमाथि थप प्रतिबन्ध लगाएर आफ्नै सरकारविरुद्ध उठ भन्दै ट्रम्प इरानी जनतासमक्ष हात जोडिरहेका छन् । तर, इरानी जनता तिनै हुन् जसले अमेरिकाले लगाएको निर्दयी प्रतिबन्धबाट पीडा खेपिरहनुपरेको छ । इरान परमाणु सम्झौताबाट अमेरिका पछि हटेपछि यति वेला इरानसँग दुई विकल्प छन् । तर, दुवै विकल्प सकारात्मक भने छैनन् । पहिलो विकल्पको रूपमा उक्त सम्झौताका हस्ताक्षरकर्ता सदस्य राष्ट्रसँग पुनः वार्ताको टेबुलमा बस्ने हो । जसअन्तर्गत हस्ताक्षरकर्ता सदस्य राष्ट्रमा चीन, फ्रान्स, रुस, संयुक्त राज्य बेलायत, जर्मनी र युरोपियन युनियन रहेका छन् ।

इरान परमाणु सम्झौताबाट बाहिरिने ट्रम्पको कदमलाई इराक र अफगानिस्तानमा युद्ध चलाएर मध्यपूर्व क्षेत्रलाई आफूअनुकूल बदल्न खोज्ने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कदमसँग तुलना गरिएको छ । बुसको सैन्य हस्तक्षेपले ल्याएको संकटझैँँ ट्रम्पको कदमले पनि मध्यपूर्र्व क्षेत्रमा ठूलो खतरा निम्त्याउने निश्चित छ ।

इरानी राष्ट्रपति हसन रौहानीले यसअघि नै यी राष्ट्रसँग वार्ता गर्ने संकेत दिइसकेका छन् । तर, प्रतिबन्ध थप लगाइएको खण्डमा उनले वार्तालाई कत्तिको महत्वले हेर्छन् भन्ने पक्ष पनि चासोको विषय हो । दबाब आएको अवस्थामा युरोपेली कम्पनीले इरानमा गरिरहेको व्यापार छाड्न सक्ने अवस्था आउनेछ र अमेरिकी बजारलाई उनीहरूले रोज्न सक्छन् । यसरी इरानी अर्थतन्त्र धराशयी भएपछि यसको आरोप इरानीहरूले सरकारमाथि लगाउन सक्ने अवस्था आउँछ ।

इरानको दोस्रो विकल्प झन् खराब छ । ट्रम्पको उक्त कदमलाई लिएर इरानका सुधारवादीहरूले कट्टरवादी धार पकड्न सक्छन् । उनीहरूले इरान परमाणु सम्झौता लत्याएर परमाणु कार्यक्रमलाई पुनः ब्युँत्याउन सक्छन् । अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई पनि इरानले पुनः सञ्चालनमा ल्याउने खतरा छ । यस्तो अवस्था आए अमेरिकाको आडमा इजरायलले इरानका परमाणु भट्टीलाई लक्षित गरेर आक्रमण गर्ने अवस्था सिर्जना हुने पक्का छ । यसरी, आफू प्रत्यक्ष नदेखिएर इजरायलमार्फत इरानमा आक्रणको योजना अमेरिकाले बनाउन सक्छ । यो स्थितिमा इरानले पनि लेबननमा रहेका हेजबोल्लाहजस्ता आफ्ना निकट लडाकु पक्षलाई इजरायलविरुद्ध परिचालन गर्नेछ । यति भइसकेपछि मध्यपूर्व क्षेत्रमा अमेरिकी गुटमा संलग्न अन्य राष्ट्र पनि यस्तो युद्धको माहोलमा होमिन सक्छन् । जसमा साउदी र अरबमा रहेका सुन्नी शक्तिहरू पनि होमिने अवस्था सिर्जना हुन सक्छ । तर दुर्भाग्य नै भन्नुपर्छ, वास्तवमा इजरायली नेतृत्वका पछिल्ला गतिविधिले यस्तै परिणाम निम्त्याउन खोजेको देखिन्छ । गत महिना इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले इरानले परमाणु सम्झौता उल्लंघन गरेको आरोप लगाए । नेतन्याहुको उक्त प्रतिक्रियाले अमेरिकालाई उत्तेजित बनाउने काम ग¥यो । परिणामस्वरूप, अहिलेको अमेरिकी कदमलाई हेर्न सकिन्छ ।

वास्तवमा इरान परमाणु सझौता खल्बल्याउन नेतन्याहु–ट्रम्प गठबन्धनको सबैभन्दा ठूलो हात छ । अन्तर्राष्ट्रियस्तरमा आफ्नो हठ लाद्ने नाउँमा दुई अहंकारीको गठबन्धनका कारण घरेलु राजनीति अपांगजस्तो बन्दै गएको छ । ट्रम्पको व्यवहारलाई हेर्दा, पूर्वराष्ट्रपति बराक ओबामाको बिरासतलाई चरणबद्धरूपमा भत्काउने नियत देखिन्छ । ट्रम्पले राष्ट्रपति चुनाव अभियानमा दिएका अभिव्यक्तिबाट पनि यो कुरा सत्य साबित हुन्छ । यसैबीच, नेतन्याहुको चर्चा गर्नुपर्दा, दोस्रो होलोकास्ट (नाजी हिटलरबाट भएको यहुदीको नरसंहार) बाट यहुदी समुदायको रक्षा गर्ने एक मात्र रक्षकको छवि आफूमा देखाउन चाहन्छन्, त्यो पनि होसियारीपूर्वक । कानुनी झमेलाको उल्झनमा परेको उनको आफ्नै राजनीतिक भाग्यलाई आउँदो चुनावमा पुनः विजयी भएर सुधार्नका लागि युद्धको रणनीति अंगालेका छन् ।

ट्रम्पले इरान परमाणु सम्झौताबाट हात झिकेसँगै अमेरिकाप्रतिको उनको सहयोग इतिहासकै सबैभन्दा बढी देखिएको छ । यसै कार्यस्वरूप सिरियालाई इरानले गरेका रक्षा प्रणालीलाई ध्वस्त पार्नका लागि इजरायलले सिरियामाथि गरेको हवाई आक्रमणलाई लिन सकिन्छ । नेतन्याहुको रणनीतिका कारण आन्तर्राष्ट्रिय समुदायको ध्यान प्यालेस्टाइन समस्याबाट ओझेलमा पार्ने काम भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *