शाहिदकी श्रीमती दोस्रोपटक गर्भवती

अचम्म को खबर अन्तरस्ट्रीय खबर ताजा समाचार

बलिउड स्टार शाहिद कपुरकी पत्नी मीरा राजपुत गर्भवती भएको खबर शाहिद कपुरले पहिले नै बताइसकेका छन् । तर, सानै उमेरमा दोस्रोपटक आमा बन्न लागेका कारण सामाजिक सञ्जालमा फ्यानहरूले शाहिद दम्पतीको मजाक उडाइरहेका छन् । २३ वर्षकी मीराबाट पहिलो सन्तानका रूपमा छोरी मिशा छिन् । मिशाको तस्बिर शाहिद र मीराले कहिलेकाहीँ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् ।

यसैबीच, मीरा राजपुतले गरेको पोस्ट पनि भाइरल भएको छ । मीराले इन्स्टाग्राममा लेखेकी छिन्, ‘सबैभन्दा अचम्मको कुरा हुन्छ, जब आफूले लगाएको जिन्स आफैँलाई नै फिट हुँदैन ।’ मीरा र शाहिदले ७ जुलाई २०१५ मा बिहे गरेका थिए । उनीहरूकी छोरी मिशाको जन्म २०१६ को अगस्टमा भएको थियो । केही समयअघि शाहिदको ‘पद्मावत्’ प्रदर्शन भएको थियो । अहिले शाहिद श्रद्धा कपुरका साथ ‘बत्ती गुल मिटर चालु’को सुटिङमा व्यस्त छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *