एसियन लाइफ इन्स्योरेन्सको ९८,२४६.२० कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने

आर्थिक समाचार ताजा समाचार

एसियन लाइफ इन्स्योरेन्स लिमिटेडले ९८ हजार २ सय ४६ दशमलव २० कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ ।बैंकले फागुन १३ गतेदेखि वैशाख ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको साधारण सेयर बिक्री गर्न लागेको हो ।

सो सेयर खरिदका लागि जेठ १० गतेदेखि १७ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो सेयरका लागि एनआइबिएल एस क्यापिटल, नेपाल इन्भेष्टमेण्ट बैंकको नेपालगंज, सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयबाट सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *