‘राजी’का कारण आलिया भट्टको चर्चा

अन्तरस्ट्रीय खबर ताजा समाचार फिल्मी खबर मनोरन्जन

आलिया भट्ट अहिले प्रदर्शन भइरहेको फिल्म ‘राजी’का कारण चर्चामा छिन् । अभिनय मात्र नभएर कमाइका कारण पनि उनी चर्चामा छिन् । मेघना गुलजार निर्देशित फिल्म ‘राजी’ले ५ दिनमा ५० करोडभन्दा माथिको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । लगभग ३५ करोड लागतमा बनेको फिल्ममा बिक्की कौशल, रजित कपुरलगायत कलाकारले अभिनय गरेका छन् ।

‘राजी’ साहित्यकार हरिन्दर सिक्काको उपन्यास ‘कालिंग सहमत’को कथामा आधारित रहेर बनेको हो । पाकिस्तानमा प्रदर्शनमा रोक लागेको यो फिल्ममा एक युवतीले पाकिस्तानी अधिकृतसँग बिहे गरेर जासुसी गरेको कथा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *