इन्डोनेसिया प्रहरी मुख्यालयमामा अतिवादी आक्रमण

अन्तरस्ट्रीय खबर ताजा समाचार

इन्डोनेसियामा फेरि अतिवादी हमला भएको छ । रियाउ प्रान्तको प्रहरी मुख्यालयमा बुधबार अतिवादीहरूले बम हमला गरेका हुन् । आक्रमणपछि प्रहरीको जवाफी कारबाहीमा चारजना आत्मघाती आक्रमणकारी मारिएको इन्डोनेसिया सरकारले जनाएको छ ।प्रहरी चौकीमा प्रहरीको सेतो भ्यान चढेका आठजना हतियारधारीले बम आक्रमण गरेका थिए । प्रहरीको जवाफी कारबाहीमा चारजना आत्मघाती हमलाकारी मारिएको र अन्य चारजना घाइते भएको रियाउ प्रान्तको प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट प्रहरीतर्फ कुनै क्षति भएको छैन ।

अतिवादीले आइतबार देशको दोस्रो ठूलो सहर सुराबायामा तीनवटा चर्चमा आतंककारी हमला गरेका थिए । पाँच मिनेटको अन्तरमा शृंखलाबद्ध रूपमा भएका ती हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको थियो । आतंककारीहरूले सोमबार र मंगलबार पनि बम हमला गरेका थिए । अतिवादीले सोमबार बिहान सुराबायाको प्रहरी मुख्यालयमा हमला गरेका थिए । दुईवटा मोटरसाइकलमा आएका चार अतिवादीले मुख्यालयमा हमला गरेका थिए । आक्रमणमा कोही पनि हताहत नभएको जनाइएको छ ।

बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरू अतिवादी मुस्लिम समूहआबद्ध रहेको प्रहरी अनुमान छ । रमादान पर्वको पूर्वसन्ध्यामा अतिवादीहरूले बम हमला गरिरहेको प्रहरी स्रोतले जनाएको छ । इन्डोनेसिया विश्वमै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको व्रत बस्ने तयारी गरिरहेका छन् । रमादानको पूर्वसन्ध्यामा आतंककारी हमला हुन सक्ने अनुमानमा सरकारले उच्च सुरक्षा सतर्कता कायम राखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *