किन गर्यो फेसबुकाले ५८ करोड फेसबुक एकाउन्ट डिलिट ?

ताजा समाचार सुचना प्रविधि

काठमाडौँ — फेसबुकले पछिल्ला ५ महिनामा ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको जनाएको छ ।आफ्नो नीतिविपरीत सञ्चालनमा रहेका यस्टा एकाउन्ट बन्द गरिएको फेसबुकले मंगलबार सार्वजनिक गरेको हो ।

यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको कम्पनीले जनाएको छ । सन् २०१६ मा अमेरिकी निर्वाचनमा फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरी प्रचार गरिएको विषय सार्वजनिक भएपछि फेसबुकको आलोचना हुँदै आएको छ । क्याम्ब्रिज एनालिटिका विवाद भनिने यो घटनाका कारण फेसबुकमाथि पारदर्शी बन्नुपर्ने दवाब बढ्दै गएको छ । फेसबुकका कूल एकाउन्टमध्ये अझैं ४ प्रतिशतसम्म एकाउन्टहरु नक्कली हुनसक्ने अनुमान छ ।

तर, फेसबुकले भने शतप्रतिशत नक्कली एकाउन्ट डिलिट गरिएको दाबी गरेको छ । उसले पछिल्लो ५ महिनामा ८३ करोड ७० लाख बढी पोष्टहरु पनि डिलिट गरिएको जनाएको छ । केही दिन अघि फेसबुकसँग जोडिएर प्रयोगकर्ताको तथ्यांक संकलन गर्ने २ सय बढी एपलाई पनि आफ्नो प्लेटफर्मबाट डिलिट गरिएको कम्पनीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *