प्रचण्डको खुलासा: मेरै प्रस्तावमा मदन-आश्रीत स्मृतिमा एकता

ताजा समाचार राजनिती

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन –आश्रीत स्मृतिमा एमाले–माओवादी एकताको प्रस्ताव स्वयं आफैँले गरेको खुलासा गरेका छन् ।

२५ औं मदन–आश्रीत स्मृति सभालाई विहिबार बल्खुमा सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले भने ‘आजको दिन ऐतिहासिक दिन हो,त्यसैले एकता गर्न ढिला गर्न हुन्न भनेर मैले आजकै दिनलाई एकताको दिन बनाउन प्रस्ताव गरेको हुँ ।’ ‘ऐतिहासिक दिनमा एकता गरिरहँदा मलाई ठूलो गर्व छ’ उनले भने ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ । एकता अन्तर्गत एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *