स्थानीय तहमा नबिल बैंकका ५ वटा शाखा स्थापना

आर्थिक समाचार ताजा समाचार राष्ट्रिय खबर

नबिल बैंकले आफ्ना ५ नयाँ शाखा स्थानीय तहमा स्थापना गरेको छ । बैंकले रुपन्देहीको सम्मरीमाई, जुम्लाको बराहताल, सुर्खेतको बित्थडचिर, बझाङ र डडेल्धुरामा शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति, कम्तीमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने उद्देश्यले बैंकले ग्राहक सुविधा उपलब्धताका लागि नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

नबिल बैंकले ६७ शाखा, १ सय ११ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टको सहयोगमा देशव्यापी रूपमा कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *