प्रथम सभामुख कप भलिबल प्रतियोगिता : पुलिस र एपिएफ च्याम्पियन

खेलखुद ताजा समाचार

नेपाल पुलिस क्लबले बुधबार प्रथम सभामुख कप भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधि जितेको छ । रोल्पाको लिवाङमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै सभामुख कप हात पारेको हो ।कपसँगै पुलिसले ३ लाख ५० हजार रुपैयाँ जितेको छ । पुलिस समग्रमा २५–२२, १८–२५, ३०–२८ र २५–२३ को सेटमा विजयी भएको हो । उपविजेता आर्मीले २ लाख पायो । तेस्रो भएको प्रदेश ४ ले १ लाख पाएको छ ।

महिलामा एपिएफ विजयी
महिलातर्फ एपिएफले नेपाल पुलिसलाई ३–० को सहज सेटमा हराउँदै उपाधि जित्यो । एपिएफले ३ लाख ५० हजार र उपविजेता पुलिसले २ लाख रुपैयाँ पाए । फाइनलमा एपिएफले २५–९, २५–८ र २५–२० को बाजी मा-यो । महिलातर्फ आर्मी तेस्रो भयो ।

थापा र चौधरी उत्कृष्ट खेलाडी
प्रथम सभामुख कपमा पुरुषतर्फ पुलिसका कुलबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । थापा पुलिसका राम्रा स्पाइकरका रूपमा चिनिन्छन् । महिलातर्फ एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी बनेकी छिन् । सात प्रदेश र तीन विभागीय टिममध्ये उनी उत्कृष्ट छनोट भएकी हुन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *