मारुती सिमेन्टको निःशुल्क प्राविधिक परामर्श

ताजा समाचार

मारुती सिमेन्टले हरेक निर्माण गुणस्तरीय र मजबुत होस् भन्ने उद्देश्यले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यान हरेक निर्माणस्थलमै पुगेर दक्ष प्राविधिकबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकताअनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रूपमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यानमाफर्त कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलानसम्बन्धी प्राविधिक जानकारी दिनेछ । त्यस्तै, गुणस्तरीय निर्माण सामग्रीको सही छनोट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमताबारे जानकारी दिने कम्पनीको दाबी छ ।

भाइबे्रटर र क्युरिङ गर्ने सही तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकताअनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने जनाइएको छ ।

यो सेवा हाल काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यकाबाहिर पनि सुरु गरिने कम्पनीका सिनियर ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराए । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापभन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयास गरेको जनाएको छ ।

उपभोक्ताले टोलफ्री नम्बरमा कल गरी आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह–सुझाब तथा निर्माणाधीन संरचनाका लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सक्ने

यस सेवामा नेपाल टेलिकम र एनसेलका ग्राहकका लागि निःशुल्क टोलफ्री नम्बरसमेत राखिएको छ । उपभोक्ताले टोलफ्री नम्बरमा कल गरी आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह–सुझाब तथा निर्माणाधीन संरचनाका लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सक्ने कम्पनीकोदाबी छ ।

पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा उत्पादित मारुती ओपिसी सिमेन्ट नेपालको नम्बर १ ब्रान्ड भएको कम्पनीको दाबी छ । त्यसैले अन्तर्राष्ट्रियस्तरको मापदण्ड प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ ।

क्लिंकर र ओपिसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरणका लागि एनएस/आइएसओ ९००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *