यस्तो छ एमाले–माओवादी एकता घोषणा कार्यक्रमको सेड्युल !

ताजा समाचार राजनिती राष्ट्रिय खबर

आज एमाले– माओवादीबीच पार्टी एकताको घोषणा हुने भएको छ । अहिले एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकले एकताको प्रतिवेदन अनुमोदन गर्छ र पार्टी एकताको निर्णय गर्ने जनाइएको छ ।

यस्तो छ अन्य प्रक्रियाः
-११ बजेबाट एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्ने
-१ बजेबाट माओवादी सचिवालयको बैठक खुमलटारमा बस्ने
-दुवै पार्टीको आन्तरिक बैठकले आ–आफ्नो पार्टी विघठनको निर्णय गर्ने र नयाँ पार्टी गठनको समर्थन गर्ने
-२ बजे दुईवटै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठक बस्ने
-संयुक्त बैठकले एकता प्रक्रियालाई अनुमोदन गर्दै नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्ने

-पार्टी घोषणापछि ४ सय ४२ सदस्यीय केन्द्रीय कमिटी बैठकले पार्टी एकता भएको जानकारी दिन निर्वाचन आयोगमा पत्राचार गर्ने
-४ बजे संयुक्त घोषणा सहितको पत्रकार सम्मेलन गर्ने

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *