वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीसँग लिइने अतिरिक्त शुल्क खारेज

ताजा समाचार प्रवासी समाचार

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ ।मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ ।तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ ।

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउदै आएका छन् ।दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए(नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् ।तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *