‘तिम्ले बाटो फेर्‍यौ अरे’ को करोड भन्दा बढी भ्युज

ताजा समाचार मनोरन्जन

काठमाडौं– ’तिम्ले बाटो र्फेयौ अरे’ गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेसन कार्यक्रमको आयोजना गरेको छ । राई इज–किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका छन् ।सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको टीमले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका हुन् । गीतले करोड भन्दा बढी भ्युज पाएर पनि आङ्खनो कदम नरोकिएको बताउँदै मोडल तथा गायिका सम्झना राईले यो नेपाली साँगीतिक आकाशमा विशेष उपलब्धी रहेको बताईन् ।

कार्यक्रममा राजेशपायल राईले सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद दिएका छन् । एमएमएस ईन्टरटेन्मेन्टलाई धन्यवाद दिदै गीतकार दर्पण राइसँगको शुरुवातको भेटलाई सम्झदै भने ‘शुरुवातमा दर्पणको अनुहार हेर्दा पत्यार लागेको थिएन, किनकी यती हेन्सम गीतकार नेपालमा कमै छन् ।’गायिका मेलिना राईले यस गीत गाउन पाएकोमा तथा दर्शक, श्रोताको माया पाएकोमा आफुलाई निकै भाग्यमानि महसुस गरिरहेको बताईन् । दर्पण राई र सम्झना राईको हातबाट राजेशपायल राई, मेलिना राई र जिग्मे छ्योकी घिसिङलाई माायाको चिनो (टोकन अफ लभ) समेत प्रदान गरियो ।

चर्चित कलाकार शिशिर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा राजेशपायल, मेलिना र जिग्मेले ‘तिम्ले बाटो फेर्यौ अरे’ गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा डान्सर प्रेरणा राईले नृत्य प्रस्तुत गरेकी थिइन् । बाल गायक आयुष केसीले ’यो मुटु दुख्छ किन’ बोलको गीत गाएका थिए । कार्यक्रममा कलाकारिता र गीत संगीतलाई माथि लैजान महत्वपुर्ण भुमिका रहेको भन्दै दर्जन बढी पत्रकारहरूलाई समेत खादाले सम्मान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *