युरोपा लिग फुटबलको उपाधि एथलेटिको मड्रिडलाई

खेलखुद ताजा समाचार

काठमाडौं– युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।काठमाडौं, जेठ ३ । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।गएराति भएको खेलमा मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो ।लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमनले दुई गोल गरे ।खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्‍यो ।यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *