अष्टमी गुरुङ हत्या आरोपित निर्दोष : अदालत

ताजा समाचार

काठमाडौं– गोरखाको आरुघाट–२ की अष्टमी गुरुङलाई बंगलादेशी नागरिक साइमन काजीले बलात्कार गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्ने आरोपमा पक्राउ परेका बंगलादेशी नागरिक साइमनकाजी निर्दोष रहेको फैसला भएको छ । उक्त मुद्दामा आबुधाबीको उपल्लो अदालतले गएको ९ बैशाख (२८ अप्रिल) मा बंगलादेशी नागरिक साइमनकाजी निर्दोष भएको फैसला सुनाएको हो ।हत्या सम्बन्धि भिडियो सार्वजनिक भएपछि आबुधाबीस्थित नेपाली दूताबासले कूटनीतिक माध्यममार्फत कानुनी प्रक्रिया अघि बढाएको थियो ।

फैसलाबारे कम्पनीका जनरल म्यानेजरले दूताबासलाई पत्र लेखेका थिए । अदालतको फैसलापछि सफाइ पाएका बंगलादेशी नागरिक घर बिदामा गएको कम्पनीले जनाएको छ । दूताबासले यएईको परराष्ट्र तथा सुरक्षा निकायका माथिल्लो तहसम्म समन्वय गरेर मुद्दा टुंगिएको पुष्टि गरेको हो ।फैसलापछि गुरुङ कार्यरत अरबियन गल्फ क्लिनिङ कम्पनीले दूताबासलाई पत्र पठाउँदै आफ्नो कम्पनीको कामदार निर्दोष रहेको र यस प्रकरणमा कम्पनीको नाम जोडिनुले कम्पनीले क्षति बेहोर्नु परेको उल्लेख छ । कम्पनीले सामाजिक सञ्जालमा बिनाप्रमाण अरुलाई दोष दिएर अन्य कसैको बद्नामी गर्न खोज्नेप्रति कानुनी उपचार खोज्ने संकेत गरेकोसमेत जनाइएको छ ।

कतिपय नेपाली सञ्चारमाध्यमले घटनालाई आवश्यकभन्दा धेरै उचालेर आत्महत्याको विषयलाई हत्या भनिदिएको कम्पनीले जनाएको छ । घटनाप्रति गम्भीर भएको तथा अदालतले गरेको फैसलाको सम्मान गर्ने पनि कम्पनीले जनाएको छ । अदालतको फैसलाबारे कम्पनीले लेखेको पत्र र मुद्दा टुुंगिएको विषयबारे युएईको परराष्ट्र मन्त्रालय, सुरक्षा निकायसँग दूताबासले जानकारी लिएको छ । नेपालका विभिन्न निकायमा बुधबार पत्र लेखेर जानकारी गराइने युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुया“लले जानकारी दिए ।

अष्टमी गुरुङको शव गएको १८ कात्तिकमा आङ्खनै कोठामा झुन्डिएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्नुअघि परिवारलाई सम्बोधन गरेर मोबाइलमा रेकर्ड गरेको भिडियो परिवारले भेटेपछि एनआरएनमार्फत युएई ल्याइएको मोबाइल डेढ महिनापछि दूताबासमा बुझाइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *