नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा

ताजा समाचार राजनिती

दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । एकीकरणपछि बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन अहिले दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकता संयोजन समितिको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक र माओवादीको सचिवालय बैठक बस्ने छ । यद्यपी यसअघि दिउँसो ३ बजे तय गरिएको दुवै पार्टीको संयुक्त बैठक नबस्ने भएको छ ।

४ बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने र त्यसपछि राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषण गर्ने कार्यक्रम रहेको छ । पार्टी एकताको खुशीयालीमा काठमाडौंको थलीमा रहेकाे गोकर्ण रिसोर्टमा आजै नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक बस्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *