मदन आश्रित स्मृति तथा पाटी एकता को उपलक्क्ष्यमा देसैभारी दिप प्रज्वलन ( भिडियो सहित )

ताजा समाचार राजनिती राष्ट्रिय खबर

३ जेठ, काठमाडौं । नेकपा एमाले र उसका भ्रातृ संगठनहरुले मनाउँदै आएको मदन-आश्रित स्मृति दिवसमा यसपटक फरक दृष्य देखिने छ । किनकी यसपालिको २५ औं स्मृति दिवसमा आयोजना हुने औपचारिक कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।सोही दिनको सम्झनामा एमालेले पुरानो पार्टी कार्यालय बल्खु, चितवनको दासढुंगालगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना गर्दैछ । बल्खुको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसमेत सहभागी हुनेछन् । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमाले र माओवादीले सँगै मदन आश्रित स्मृति दिवस मनाउन लागेको यो पहिलोपटक हो ।

बिभिन्न छानबिन समितिले समेत दासढुंगा काण्डको तथ्य बाहिर ल्याउन सकेको छैन । चालक अमर लामाको समेत काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड झन् रहस्यमय बनेको छ ।

अमर लामाको २०६० साउनमा कीर्तिपुरमा हत्या भएको थियो । हत्यामा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुको संलग्नता रहेको भनेर एमाले नेताहरुले आरोप लगाउने गरेका छन् ।

यसै सन्दर्भ मा आज देसैभारी दिप प्रज्वलन गरि मदन आश्रित स्मृतिमा दिप प्र्वाजलन गरिएको छ।

इटहरी मा दिप प्रज्वलन

मदन आश्रित स्मृति तथा पाटी एकता को उपलक्क्ष्यमा इटहरी नगर कमिटीले साझा इटहरी चोकमा दिपावली कार्यक्रम गरेको छ उपत् कार्यक्रम मा विघटित ने क पा एमाले सुनसरी जिल्ला कमिटि अध्यक्ष पशुपति चौलागाई , इटहरी नगर कमिटि अध्यक्ष। रेवती घिमिरे , इटहरी उप महानगर क मेयर द्वारिकालाल चौधरी तथा पुर्व संसद रेवती भण्डारी तथा संघिय संसद सदस्य सर्वाधोज सावाले मदन आश्रित प्रति स्रदान्जली तथा पति एकता प्रति सुभकामना सहित आफ्नो मन्तब्य राखेका थिए। सभामा हजारौको सहभागिता थियो मन्चमा भने माओबादीका कुनै पनि प्रतिनिधिलाई देखिएन। कार्यक्रम अनेरास्ववियु सुनसरी संयोजक जीबी गजलले संचालन गरेका थिए इटहरी ७ न वडाका वडा अध्यक्ष नेत्र प्र गुरागाईं ले दिप प्रज्वलन गरे संगै इटहरी नगर कमिटि अध्यक्षले कोण सभा समापन गरेका थिए । इटहरी बिरेन्द्र चोक वरिपरि बत्ति बालिएको थियो

कार्यक्रम मा एउटा माइक को बेबस्था गर्न नसकेको भन्दै सहभागी हरुले आयोजकको आलोचना गरेका थिए भने साप्ताहिक बन्द ( इटहरी बजार बन्द बिहिबार )परेकोले माइक को बेबस्था गर्न नसकिएको प्रति आयोजकले क्षमा मागेका थिए।

भिडियो हेर्नुश।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *