दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

सानफ्रान्सिस्को– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् । अमेरिकाको सानफ्रान्सिस्कोमा गैरआवासीय नेपाली संघ अमेरिकाज्ले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै उनले संविधानमा लेखिएअनुसार दोहोरो नागरिकता काननु बन्ने र सरकारलाई त्यस विषय कुनै दुविधा नभएको प्रष्ट पारे । संघीय मामिला तथा प्रशासनमन्त्री […]

बिस्तृत समाचार »

छियाछिया भएको छ पहाड

पाँचथर – गत वर्ष उत्तरी फालेलुङ गाउँपालिकामा पहिरोमा परी दुई जनाको ज्यान गयो भने दुईजना बेपत्ता भए। सडक आसपासबाट गएको पहिरोले गाउँबाट सयौं विस्थापित बने। पहाडमात्र भत्काएर बनाइएको सडक आसपासका जमिनमा पहिरो जाँदा जनधनको क्षति भएको थियो। आर्थिक वर्ष सकिन लाग्दा गाउँगाउँमा धमाधम बाटो खन्ने काम भइरहेको छ। उपभोक्ता समिति र ठेकेदारहरु काम सक्न व्यस्त […]

बिस्तृत समाचार »

अनौठो समस्याले छात्रा पीडित

जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ मा रहेको सर्वोदय माध्यमिक विद्यालयका छात्रामा अनौठो रोग देखिएको छ । कक्षा ३ देखि १० सम्मका छात्रामा एक महिनायता अनौठो रोग देखिएको विद्यालय प्रशासनले जनाएको छ । छात्राहरू कक्षा कोठामा काम्ने, चिच्याउने, रुने, आपसमा लुछालुछ गर्ने, दाह्रा किट्नेलगायतको समस्या देखिएको छ । दैनिक १० देखि १५ जना छात्रामा यस्तो समस्या देखिएको शिक्षक धनलाल विकले […]

बिस्तृत समाचार »

छागाबाट ढुङगा खसेर विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना सुनसान

धरान/झरनाबाट ढुङगा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना गत शनिबारबाट सुनसान भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको सधै घुईचो लाग्ने झरना घटनपनि सुनसान भएको हो । नमस्ते झरनामा रमाउन गएका तामाङको छागाबाट ढुङगा खसेर टाउकोमा लागेको थियो । ढुङगा लागेर गम्भिर घाईते भएका तामाङको उपचारका लागि धरान ल्याउदै गर्दा मुत्यु […]

बिस्तृत समाचार »

सिन्धुली–खुर्कोट सडक: सर्वोेच्चको निर्णयविरुद्ध रित्तो थाल प्रदर्शन

सर्वोच्च अदालतले बिपी राजमार्गको सिन्धुली–खुर्कोट सडकमा ठूला मालवाहक सवारीसाधन चलाउन रोक लगाएको विरोधमा रामेछापवासीले आइतबार प्रदर्शन गरेका छन् । अदालतको आदेशविरुद्ध स्थानीयवासी र व्यवसायीले सदरमुकाम मन्थलीमा रित्तो थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । सर्वोच्चको निर्णयविरुद्ध आइतबार मन्थली बजार बन्द गरिएको छ । सर्वोच्चले बिपी राजमार्गमा चार टनभन्दा बढी भार क्षमताका ठूला गाडी सञ्चालनमा रोक लगाएपछि रामेछापमा दैनिक उपभोग्य […]

बिस्तृत समाचार »

उपभोक्ताका घर-घरमा मेयरले पालेका माछा

गत वर्ष स्थानीय तहको निर्वाचनका बेला उनको एउटै मात्र नारा थियो, बिर्तामोडलाई विषादीमुक्त बनाउने । यही नाराले उनलाई चुनाव जित्न सहज पनि भयो । मेयरमा निर्वाचित भएपछि उनी नगरलाई विषादीमुक्त बनाउनैमा तल्लीन छन् । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी पछिल्लो समय ‘अर्गानिक मेयर’का नामले चर्चामा छन् । अहिले पनि उनी दिनहुँ भन्छन्, ‘विषादीले मान्छेलाई सक्ने […]

बिस्तृत समाचार »

लगातार विद्यालय बन्द, नियमनकारी निकाय नै मौन !

लगातार विद्यालय बन्दको कारण लाखौं विद्यार्थीको पठन पाठनमा असर पर्दा समेत सरकार बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन असफल भएको छ । आफ्ना निहीत माग पुरा गर्न हरेक बिद्यार्थी संगठको पहिलो निसाना बिद्यालय बन्द नै हुने गरेको छ । शैक्षिक हड्तालको नाममा पटकपटक लाखौं विद्यार्थीको भविष्य अन्योल हुँदासम्म सरकारका कानमा तेल हालेर बसेको छ । नियमनकारी निकाय […]

बिस्तृत समाचार »

पेट्रोलियम पदार्थको मुल्य ३ रूपैयाँ घट्यो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो । घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।

बिस्तृत समाचार »

सक्षम जनप्रतिनिधि र स्वआर्जन जनता कार्यक्रम सुरु

देश संघीय संरचनामा गएपछि भूमिकाविहीन बनेको जिल्ला समन्वय समितिले सक्षम जनप्रतिनिधि र स्वआर्जन जनता कार्यक्रम सुरु गरेको छ । स्थानीय तहहरूलाई सक्रिय बनाउन र जिससको भूमिका सशक्त पार्न यस्तो कार्यक्रम सुरु गरेको जिसस कास्कीका प्रमुख बैनबहादुर जिसीले बताए । स्थानीय तहलाई सक्षम बनाउन र जनतालाई आयआर्जनको बाटोमा लैजान सकिन्छ कि भनेर काम गर्न लागेका हौँ,’ उनले भने । […]

बिस्तृत समाचार »

सडकको ड्रेनले सर्वसाधारणको घरबारी बगाउने त्रास

मोरङको केराबारी देखि सिंहदेबी जोड्ने १२ किलोमिटर सडक निर्माणका क्रममा ठेकेदार र प्राबिधिकहरुले मनोमानी ढङगले काम गरेपछि सडकको ड्रेनले सर्वसाधारणको घर खेत जोखिममा परेको छ । ठेकेदार कम्पनी गिताञ्जली कन्ट्रक्सनले निर्माण गरेको सडकको ड्रेनले आफुहरुको खेतियोग्य जमिनमा हालिदिएको र सो ड्रेनमा आउने पानीले घर तथा खेतीयोग्य बारी बगाउने जोखिम भएको भन्दै स्थानीय त्रसित बनेका छन् […]

बिस्तृत समाचार »

श्रम पसिना बगाएर बुढी आमा, छोरा छोरी र श्रीमती पाल्दै आएका श्रमीकको दुवै हात गुमेपछि परिवारको विचल्ली

श्रम पसिना बगाएर बुढी आमा, छोरा छोरी र श्रीमती पाल्दै आएका कचनकवल गाँउपालिका ३ स्थित दुर्गा भिट्टा का ३५ बर्षीय युवा टीकाराम भण्डारीको परिवार सङ्टमा परेको छ । २०७५ बैशाख १० गते कचनकवल ६ का तीर्थ दाहालको घरमा काम गर्ने क्रममा करेन्ट लागेर अपाङ् बनेपछि जीवनमा मजदुरी गरेर परिवार पाल्न नसक्ने भएका कारण सङ्टमा परेका […]

बिस्तृत समाचार »

गृह र भौतिक मन्त्रीबीच कडा टक्कर

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्। मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्। यसरी ‘कामचोर ठेकेदार’ लाई कारबाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको […]

बिस्तृत समाचार »

यस्तो छ उत्तर कोरियाका तानाशाह किमको सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो ।गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह किम […]

बिस्तृत समाचार »

स्वास्थ्य मन्त्रालयबाटै ५ सय प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद भएको छ । मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ । मन्त्रालयले १६ वैशाख ०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् । मन्त्रालयमा […]

बिस्तृत समाचार »

पेनाल्टी चुकाउँदा धेरै दुःखी भएँ : मेसी

आइसल्यान्डले फुटबल खेलिरहेको थिएन । उनीहरूले हाम्रो खेल मात्र बिगार्ने प्रयास गरिरहेका थिए । गोलरक्षक मात्र शतप्रतिशत मिहिनेत गरिरहेका देखिन्थे विश्वकपमा धेरै फ्यान ‘फलो’ भएका राष्ट्रमध्ये एक अर्जेन्टिना हो । अझ अर्जेन्टिनाभित्र लियोनल मेसीलाई मन पराउनेको संख्या गनेर साध्य नै छैन । मेसीका हरेक गतिविधिमा समर्थकहरू उनलाई पछ्याउने गर्छन् । समर्थकले मेसीको राम्रो र नराम्रो […]

बिस्तृत समाचार »