४५ लाख नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ– स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले गत साता सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । वैदेशिक रोजगारीमा गएका […]

बिस्तृत समाचार »

अब खाडीका कम्पनीमा कम्पनीको हैसियत हेरेर मात्रै नेपाली कामदार लैजान अनुमति दिइने

– न्यूनतम तलब र आधारभूत अधिकार नदिने, पुराना कामदारलाई समस्यामा पारेका कम्पनीको मागपत्र स्वीकृत नहुने – कामदार अलपत्र पार्ने म्यानपावरका नयाँ मागपत्र रोकिए काठमाडौँ — खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ […]

बिस्तृत समाचार »

ट्रम्प–किम शिखर वार्ता आज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता आज सिंगापुरमा हुँदै छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा यी दुई नेताबीच स्थानीय समयअनुसार बिहान ९ बजे भेट हुनेछ । त्यसपछि दुवै नेता वान टु वान वार्ताका लागि बस्नेछन्, जहाँ दोभासेबाहेक अरू कसैलाई पनि प्रवेशका लागि अनुमति दिइएको छैन ।वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल २ […]

बिस्तृत समाचार »

कोरियन भाषा परीक्षा सकियो, नतिजा आसार १६ गते

काठमाडौं – यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । शनिबार र आइतबार भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् । ८२ हजार २ सय ६४ जनाले फारम भरेकामा ७ हजार ३ सय ९८ जना परीक्षामा उपस्थित भएनन् । काठमाडौं र पोखरामा सञ्चालन भएको परीक्षामा शनिबार र आइतबार गरी २ […]

बिस्तृत समाचार »

अवैधानिक कामदारलाई हटाई छाड्ने मलेसियाको तयारी

काठमाडौं– मलेसिया सरकारले एकपटक सम्झौता सकिएपछि कामदारको पुनः काममा लगाउने नीति खारेज गर्ने तयारी गरेको छ । गृहमन्त्री तानश्री मुहिद्दिन यासिनले पूर्ववर्ती सरकारको पालामा विशेष मापदण्डअनुसार वैध बनाइएका कामदारलाई हटाउने योजना बनाएको हो । ‘हामीले उनीहरूलाई सधैं काममा लगाइराख्नुपर्छ भन्ने छैन’ उनले भनेका छन्, ‘अहिले हामीलाई आवश्यकता भन्दा धेरै कामदारको आपूर्ति भएको छ ।’ मासिक […]

बिस्तृत समाचार »

वैदेशिक राेजगारमा एजेन्टसँग फसेकाे ६६ लाख फिर्ता गराइयाे

भद्रपुर । वैदेशिक रोजगारीको लागि विभिन्न देश जान लागेका मध्ये चालु आर्थिक बर्षको ८ महिनाको अविधमा परियोजनाले २ सय ३४ जनाको उजुरी परेको मध्ये ९४ वटा मुद्दा सफल भएको जनाएको छ । जसमध्ये ६६ लाख २३ हजार रकम फिर्ता गराइएको सामीले जनाएको छ । बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको सुरक्षीत आप्रवासन परियोजना(सामी) झापाले मंगलबार […]

बिस्तृत समाचार »

जापान पठाउने नाममा ठगी गर्ने पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाई उक्त नगद लिई भिषा […]

बिस्तृत समाचार »

मानव तस्करीः १५ हजार डलरमा यसरी बेचियाे

धरान । मानव तस्करहरुले महिलालाई पासपोर्ट बनाउनेदेखि विदेश पुर्याउन पुरानै रुटमार्फत् नयाँ शैलीमा तस्करी गर्ने गरेका छन् । इराक पुगेकी धरान १७ की सीता खड्का तामागलाई सामना नेपालले एघार महिनापछि उद्दार गरेपछि तस्करको नयाँ शैलीबारे खुलेको हो । उनका अनुसार फोन कन्ट्याकमार्फत् पासपोर्टका बनाउनको लागि २० हजार रुपैयासम्म रकम दिने र पासपोर्ट बनेपछि पूर्वी नाका […]

बिस्तृत समाचार »

नेपाली दूताबास मलेसियामा वकिल नियुक्त

काठमाडौं– नेपाली दूताबास मलेसियाले नेपाली श्रमिकहरूका लागि कानुनी सहायता प्रदान गर्ने उद्देश्यसहित वकिलको नियुक्ति गरेको छ । दूताबासले ‘ल चेम्बरर्स अफ खरेन जित एन्ड एसोसिएट्स’ लाई वकिलको रूपमा नियुक्त गरेको हो ।यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय दूताबासमा वकिल थिएनन् । दुई महिनाअगाडि प्रस्ताव आह्वान गरेको आवेदनको आधारमा वकिलको नियुक्त गरिएको दूताबासले सूचना प्रकाशन […]

बिस्तृत समाचार »

सन् २०१९ को लागि १० हजार २ सय इपिएस कोटा तोकियो

कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ । मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि नेपालको लागि इपिएस कोटा बढाएको बताए। यसैवर्ष नेपाल र […]

बिस्तृत समाचार »

मलेसियाको रोजगारी फेरि खुल्ला कि नखुल्ला ?

काठमाडौं – नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ। मलेसिया रोजगारीसँग सम्बद्ध चारवटा संस्थाले कामदारसँग गैरकानुनी रूपले बढी शुल्क लिँदै आएको भन्दै सरकारले तिनका सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरेपछिको विवाद टुंगोमा नपुग्दा मलेसिया रोजगारी बन्द भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको […]

बिस्तृत समाचार »

दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ । यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष […]

बिस्तृत समाचार »

किन कोरियामा नेपालीले नै नेपालीलाई पिडा दिन्छन ? पैसामा हराएको मन ।

हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ । विराटनगरका एक क्षेत्री थरका युवालाई नेपालगञ्जका सिंह थरका व्यक्तिले कामको विषयमा गरेको दुव्र्यवहारको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भरिभराउ भयो । आफू पहिला नै कोरिया छिरेको ध्वाँस र कोरियाको एक बंगुर फार्ममा आफू शानदार रुपमा काम गरेको रबैयाका साथ […]

बिस्तृत समाचार »

बैदेशिक राेजगारीले भित्राउँदैछ कलहः श्रीमान खाडीमा श्रीमति डेटिङमा

काठमाडौं । वैदेशिक रोजगारीले नेपालमा दैनिक एक अर्ब भन्दा माथि करोड रेमिटेन्स भित्रिन्छ । भनिन्छ नेपाल रेमिटेन्सले नै धानेको छ । नेपालको लाखैँ युवा युवतीहरू विदेशिएका छन् । विदेश गएर नेपालमा रेमिटेन्स त भित्रिन्छ । तर त्यो सगँसगैँ विकृति पनि फैलिन्दै गएको छ । आफ्नो घर परिवारलाई सुखमया बनाउनका लागि विदेशिएका कायै युवाहरूको घरबार नै […]

बिस्तृत समाचार »

मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने

काठमाडौं । मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न(पूर्वस्वीकृति) समेत रोक लगाइएको छ। सरकारले याृे बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थाल्यो, त्यतखेरै श्रम बन्त्रालयले परराष्ट्रमार्फत असहमति […]

बिस्तृत समाचार »