झापामा ठेकेदारहरुमाथि कारबाहीको सिफारिस

दमक/झापामा निर्माण सम्वन्धी कामका लागि ठेक्का लिएपनि लामो समयदेखि काम नगरेका ठेकेदारहरुमाथि कारवाहीका लागि गृहमन्त्रालयमा नाम पठाइएको छ । गृहमन्त्री रामबहादुर थापाको आदेशपछि जिल्लामा ठेकेदारको सूची बनाएर गृह मन्त्रालयमा पठाउने काम भएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले वताए । ‘ काम नगर्ने ठेकेदार पक्षको नामावली मन्त्रालय पठाएका छौं । त्यसपछि केही ठेकेदार सम्पर्क आएर […]

बिस्तृत समाचार »

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशको पद ३० फागुनदेखि रिक्त छ ।

बिस्तृत समाचार »

साढे ३३ किलो सुन प्रकरण : गोरेसहित ३ जनाको अवैध सम्पत्तिमाथि छानविन सुरु

साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपी चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङदेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार बिहान काठमाडौँ झिकाइएको हो। मोरङ कारगारमा रहेका गोरे र सुनसरीको झुम्का कारगारमा रहेका अन्य दुई जनालाई सम्पत्ति […]

बिस्तृत समाचार »

१६ सय जनप्रतिनिधि कारबाहीमा

काठमाडाैं – तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले […]

बिस्तृत समाचार »

जलमग्न सडकमा झण्डावाल मन्त्रीको यात्रा !

सामान्य वर्षा हुँदा त काठमाडौँको सडक जलमग्न हुनेगर्छ त्यसमाथि वर्षातको समय ढल निकासलाई अव्यवस्थित छाडिदिँदा सर्वासाधारणले खेप्ने हैरानीको बयान गरी साध्य छैन । नेपाली सेनाको मुख्यालयकै सामुन्ने माइतीघर मण्डलादेखि भद्रकाली निस्कने सडकमा ढल निकासको कार्य अव्यवस्थित छाडिदिँदा शनिबार सडक जलमग्न थियो । सवारीचालक र पैदलयात्रीलाई जलमग्न सडक पार गर्न निकै कठिन देखिन्थ्यो । त्यही समय […]

बिस्तृत समाचार »

सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ -देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताएका छन् । शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे । ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने […]

बिस्तृत समाचार »

विद्यार्थीदेखि पाका नेतासम्म – वर्ल्डकप फिभर

विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५ हजार किलोमिटर टाढा भए पनि विश्वकपको रौनकले नेपाललाई पूरै छोएको छ । त्यहाँ बर्सिने गोलले विश्वका दूरदराजसम्मका दर्शकको […]

बिस्तृत समाचार »

लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम बचत तथा ऋण सहकारी लि. का सञ्चालक पक्राउ,प्रहरी कार्यालयमा जाहेरी दिनेको लर्को

विराटनगर / बचतकर्ताले जम्मा गर्न दिएको लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम सहकारी बचत तथा ऋण सहकारी लि. का सञ्चालक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै मोरङ प्रहरीमा जाहेर दिनको संख्या बढेको छ । लामो समयदेखी विराटनगरको बाटा रोडमा सञ्चालनमा आउँदै गरेको सहकारीले लाखौ रुपैयाँ बचतकर्ताहरुको रकम संकलन गरेको थियो । रकम संकलन भएको पैसाँ लिएर […]

बिस्तृत समाचार »

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ। अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सागर सहित सन्दीप राई, रितेश थापा, अञ्जन केसी, बिकाशसिंह क्षेत्री र टिम फिजियो डेजिव थापालाइ सफाइ दिएकाे हाे। २०७२ साल असोज […]

बिस्तृत समाचार »

सुनसरी : ठेकेदार पक्राउ गर्न प्रहरी परिचालन

इटहरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टाबारी र हरिपुरमा पुल निर्माण पूरा गर्नुपर्ने समयावधि दुई वर्ष नाघिसक्यो । २०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गर्दा क्षति पुगेको र हरिपुरमा निर्माण थालिएको पुल २०७२ चैत ६ गते नै पूरा गर्नुपर्ने हो । तर, भण्टाबारीको ३३ प्रतिशत र हरिपुरको नौं प्रतिशत मात्र […]

बिस्तृत समाचार »

चीनकै अनुदानमा केरूङ–काठमाडौं रेल मार्ग’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराईले चीनकै अनुदानमा केरुङ–काठमाडौं रेलमार्ग बन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विषयलाई लिएर आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै डा.भट्टराईले केरुङदेखि काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीया अनुदानमै बनाउनेबारे छलफल भैरहेको खुलासा गरेका हुन् । नेता डा.भट्टराईले आन्तरिक स्रोतले बनाउन सक्ने […]

बिस्तृत समाचार »

पक्राउ पर्ने डरले धमाधम निर्माण !

गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला कार्यालयलाई निर्माणकार्यमा ढिलाइ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीको लगत जिल्ला प्रशासन कार्यालयमा बुझाउन र आवश्यक परे पक्राउ गर्न निर्देशन दिएपछि झापाका निर्माण व्यवसायी पक्राउ पर्ने डरले धमाधम काम गर्न थालेका छन् । सडक डिभिजन कार्यालय दमकले झापाका मेचीनगरको धाइजनस्थित हडियाखोलाका पुल, गौरादह नगरपालिकाको सिस्नेखोलाको पुल र कन्काई खोलामा पुल […]

बिस्तृत समाचार »

कालीमाटी फलफूल तथा तरकारी बजारमा बेथिती : बिचौलियाले नै कमाउँछन् ७ करोड

कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरूको सूची तयार भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरूको सूचि तयार पारेको हो । मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई […]

बिस्तृत समाचार »

१७ सय कर्मचारीलाई विभागीय कारबाही सिफारिस

काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ । कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी […]

बिस्तृत समाचार »

प्रदेश २ मा सांसदमाथि ‘झापड’, यसरी चर्कियाे विवाद…

देश सभा सांसद मञ्जु यादवले नेकपा संसदीय दलको कार्यालयमा नेकपाकै अर्का सांसद किशोरी साहलाई मंगलबार झापड हानेको खुलेको छ । कम्प्युटर टाइप गर्ने विषयमा भएको विवादमा उनले साहलाई झापड हानेकी हुन् ।प्रदेश सभाको बैठकपछि तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा सांसदहरुको नीति तथा कार्यक्रम टाइप गर्ने विषयमा विवाद भएको थियो । सांसद साहले नीति तथा कार्यक्रम […]

बिस्तृत समाचार »