साढे ३३ किलो सुन प्रकरण : गोरेसहित ३ जनाको अवैध सम्पत्तिमाथि छानविन सुरु

ताजा समाचार राष्ट्रिय खबर

Share Please

साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपी चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङदेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार बिहान काठमाडौँ झिकाइएको हो। मोरङ कारगारमा रहेका गोरे र सुनसरीको झुम्का कारगारमा रहेका अन्य दुई जनालाई सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको हो । सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङदेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सुरु भएको छ । उनीहरुलाई ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको हो ।

साढे ३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रिय कारगार चलान गरिएको छ ।

#गोरे #सुन प्रकरण

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *